आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटसल एसियन कप छनोट खेल्न ३२ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

फुटसल एसियन कप छनोट खेल्न ३२ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

सोमबार एन्फाले सूचना जारी गर्दै राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार बन्द शिविरका लागि खेलाडीलाई बोलाएको जानकारी दिएको हो।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- राष्ट्रिय फुटसल टिमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणका लागि बोलाएको छ। सोमबार सूचना जारी गर्दै राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार बन्द शिविरका लागि खेलाडीलाई बोलाएको जानकारी दिएको हो।

National life

टोलीले किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनेछ। प्रतियोगिताको ड्र माघ ६ गते हुनेछ।

प्रशिक्षक बस्नेतले सेप्टेम्बर १८ देखि अक्टोबर ८, २०२१ सम्म पोखरामा भएको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा खेलेका खेलाडी छनोट गरेका हुन्। प्रदेश छनोट चरणमा भाग लिएका खेलाडीलाई पनि राष्ट्रिय टोलीमा बोलाइएको छ।

बन्द प्रशिक्षण जनवरी ७ (शनिबार)बाट काठमाडौंमा सुरु हुनेछ। टोलीले काठमाडौंमा प्रारम्भिक छनोट चरण पूरा गरेपछि पोखरामा प्रशिक्षण गर्नेछ।

यी हुन् बन्द प्रशक्षणमा बोलाइएका खेलाडीः

Laxmi sunrise bank
kumari

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जीव तामाङ, सुमितकुमार आले

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ

पिभोट: अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोश मास्के, सुसन श्रेष्ठ

अलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्गेन शेर्पा

प्रकाशित: Jan 03, 2022| 14:14 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।