काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले उच्च पदस्थ कर्मचारीलाई निगमको जहाज प्रयोग गर्न आग्रह गरेका छन्। विद्युतीय सामान आयातका लागि ढुवानीसम्बन्धी मन्त्रालयमा आयोजित सम्झौता समारोहमा मन्त्री आलेले उच्च पदस्थ कर्मचारीलाई उक्त आग्रह गरेका हुन्।
उनले समारोहमा लोडसेडिङ अन्त्यका लागि कुलमानले गरेको व्यवस्थापनको तारिफसमेत गरेका थिए। धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने आलेले धारणा राखेका थिए।
उनले राम्रा कामको जो कोहीले अनुसरण गर्नुपर्ने बताएका छन्।