बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभाका १९ सिटमा सत्ता गठबन्धनको मिल्यो भागबन्डा

राष्ट्रियसभाका १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- राष्ट्रियसभाका १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छ। नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेका हुन्। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको छ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार जना, नेकपा एकीकृत समाजवादीबाट चार जना, कांग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन्। 

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रकाशित: Jan 03, 2022| 13:09 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...