आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कीर्तिपुर मैदानमा सुरु भयो बन्द प्रशिक्षण, सबै खेलाडी उपस्थित भएनन्

कीर्तिपुर मैदानमा सुरु भयो बन्द प्रशिक्षण, सबै खेलाडी उपस्थित भएनन्

पुबुदु दासानायकेको प्रतिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (सोमबार) बाट सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रशिक्षण सुरु भएको हो।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– पुबुदु दासानायकेको प्रतिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (सोमबार) बाट सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रशिक्षण सुरु भएको हो।

क्याने दुई हप्ता अघि मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदुलाई दिएपछि उनले आइतबारबाटै प्रशिक्षण गर्ने तय थियो। तर क्यान र खेलाडीबीच विवाद बढ्दै गएपछि १२ खेलाडी प्रशिक्षणमा उपस्थित भएका थिएनन्।

तर, उनीहरू प्रशिक्षणका लागि होटेलमा पुगिसकेका छन्। तर खेलाडीको पीसीआर रिपोर्ट नहुँदा उनीहरू प्रशिक्षणमा भने पुगेका छैनन्।

यता, आइतबार नै क्यानले प्रशिक्षणमा उपस्थित नभएका खेलाडीहरूसँग कुरा गरेको थियो ‘कप्तानसँग सहमति भइसकेको छ। क्यान बोर्डले गरेको निर्णय म मान्छु भनेर ज्ञानेन्द्रले भन्नुभएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भनेका छन्। अध्यक्ष चन्दसहित कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दासानायके र ज्ञानेन्द्र मल्लबीच आइतबार छलफल भएको थियो।

त्यही छलफलपछि खेलाडी बन्द प्रशिक्षणमा जान राजी भएका थिए। उनले आजबाट विना अवरोध प्रशिक्षण सुरु हुने उनले बताएका छन्। तर पीसीआर रिपोर्ट नहुँदा सबै खेलाडी आजको बन्द प्रशिक्षणमा उपस्थित भएका छैनन्।

अहिलेसम्म २० खेलाडीले रिपोर्टिङ गरेका छन्। ३० जनामा बाँकी खेलाडीले भने पीसीआर रिपोर्ट आएपछि (आज साँझसम्ममा) रिपोर्टिङ गर्ने भएका छन्। कीतिपुरस्थित टियू मैदानमा प्रशिक्षण सुरु भएको हो।

प्रकाशित: Jan 03, 2022| 11:23 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।