काठमाडौं- छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालार्इ कारबाहीको माग गर्दै लामो समयदेखि अनशन बसिरहेको गंगामाया अधिकारीले अनशन तोडेकी छन्। उनले करिव ४५ दिनदेखि आमरण अनसन बसेकी गंगामाया अधिकारीले अनशन तोडेकी हुन्।
वीरअस्पतालको सघन उपचार कक्ष (आईसीयु) को बेड नम्वर ६ मार रहेकी अधिकारीलाई मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर अनशन तोडाएका हुन्।
सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारी अनशन तोड्न सहमत भएकी हुन्। सहमतिको बुँदामा एक करोडको अक्षय कोष स्थापना गर्ने र गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने र छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको दायरामा ल्याइने सहमति भएको छ।
उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो। छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए। हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्यलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।
गोरखा फुजेलका ७८ वर्र्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको थियो। सरकारका तर्फबाट कानुनमन्त्री शेरबहादुर तामाङले मानवअधिकारकर्मीसँग छलफल गरेर गंगामायाको अनशन तोडाउने तयारी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४