शनिबार, मंसिर १३, २०८२

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ। एउटा धारोबाट दश-बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ। ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका-२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ। दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए।

National life

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ। एउटा धारोबाट दश-बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ। ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन्। 

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताइन्। उनले पुरानो धारा जीर्ण भएको र उक्त धाराबाट १०-१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गरिन्। सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको जानकारी दिए। 

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठुलो राहत मिलेको छ। नेवाका  कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिए। सो आयोजना ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ। 

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको छ लाख र समुदायको एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको हो। सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।  रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 03, 2022| 08:50 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।