आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई गोलले पछि परेको अवस्थामा चेल्सीले लिभरपुलसँग गर्‍यो बराबरी

दुई गोलले पछि परेको अवस्थामा चेल्सीले लिभरपुलसँग गर्‍यो बराबरी

दुई गोलले पछि परेको अवस्थाबाट आइतबार राति चेल्सीले घरेलु मैदानमा लिभरपुलसँग बराबरी गरेको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– दुई गोलले पछि परेको अवस्थाबाट आइतबार राति चेल्सीले घरेलु मैदानमा लिभरपुलसँग बराबरी गरेको छ। स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा दुवै चेल्सीले पाहुना टिम लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो।

यससँगै इंग्लिस प्रिमियर लिग (ईपीएल) को आइतबार राति सम्पन्न खेलमा दुवै टिमले समान १–१ अंक बाँडेका छन्। 

कोभिडको संक्रमणको जोखिमका कारण लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप मैदानमा उपस्थित हुन पाएनन्। यता अहिलेको आफ्नो अवस्थाबारे रोमेलु लुकाकूले विवादित अन्तरवार्ता दिएपछि चेल्सीका प्रशिक्षक थोमर टुचेलले आफ्नो फरवार्ड प्रयोग गर्न पाएनन्।

खेलको यी दुई मुख्य आकर्षण विना पनि दुवै टिमले निकै बलियो प्रतिस्पर्धा गरे खेलको नवौं मिनेटमै लिभरपुलका फरावर्ड साडियो मानेले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यस्तै खेलको २६औं मिनेटमा मोहम्मद सलाहले पोस्टको बायाँतिरबाट गोल गरेपछि लिभरपुलले २–० गोलको अग्रता बनाएको थियो। दुई गोलले पछि परेको अवस्थाबाट चेल्सीले पहिलो हाफमै बराबरी गर्‍यो।

मतियो कोमासिचले खेलको ४२औं मिनेटमा गोल गरे भने क्रिस्टियन पुलिसिचले पहिला हाफको इन्ज्युरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन।

यो बराबरीसँगै लिभरपुल र चेल्सी तालिकाको दोस्रो र तेस्रो स्थानमा कायम छन्। चेल्सीको ४३ अंक छ भने लिभरपुलको एक अंक कम छ। शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा दोस्रो स्थानको चेल्सी १० अंकले पछाडि छ।

तालिकामा चौथो स्थानको आर्सनलको ३५ अंक रहेको छ।

गएराति नै सम्पन्न ईपीएलका बाँकी खेलमा ब्राइटोनले एभर्टनलाई ३–२ गोलले हराएको छ भने लिड्ले बर्नलीविरुद्ध ३–१ गोलको जित निकालेको छ।

प्रकाशित: Jan 03, 2022| 08:15 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।