बुधबार, भदौ ३, २०८३

प्रदेश १ बाट माओवादी केन्द्रीय सदस्यमा ३२ जना को-को परे?

प्रदेश १ बाट २२ केन्द्रीय सदस्यहरुलाई कायम राख्दै १० नयाँ अनुहारलाई केन्द्रीय सदस्य बनाईएको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

विराटनगर- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रदेश १ बाट ३२ जना निर्वाचित भएका छन्। केन्द्रीय समितिमा १० जनाले डेब्यु गरेका छन्। 

खसआर्य युवा महिला कोटाबाट मोरङकी गीता तिम्सिना, मधेशी युवाबाट सुनसरीका सुरेन्द्र मेहता, जनजाति महिलाबाट मोरङकी ममता ताजपुरिया, जनजातिबाट पाँचथरकी सीता थेबे, होमकुमारी खापुङ र उदयपुरकी मणी खम्बू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

थारु युवाबाट मोरङका अमनलाल मोदी, घाइते अपाङ्ग कोटाबाट ओखलढुंगाकी चम्पा कार्की, खसआर्य महिला कोटाबाट झापाकी लक्ष्मी न्यौपाने र दलित महिला कोटाबाट धनकुटाकी धनमाया वि.क. केन्द्रीय सदस्य बनेका छन्।

प्रदेश १ बाट २२ केन्द्रीय सदस्यहरुलाई कायम राख्दै १० नयाँ अनुहारलाई केन्द्रीय सदस्य बनाईएको छ। प्रदेशका इञ्चार्ज रहेका सुरेन्द्रकुमार कार्कीसहित सावित्रिकुमार काफ्ले (मोरङ), सुरेश राई (उदयपुर), पदम राई (भोजपुर), राजेन्द्र कार्की (संखुवासभा), सुदन किराँती (भोजपुर), किरण राई (सुनसरी), एकचन्द्र बराल (सुनसरी), हेमराज भण्डारी (धनकुटा), शिवकुमार बस्नेत (सोलुखुम्बु) र गोपी अछामी (मोरङ) खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन्।

खसआर्य कोटाबाट धिरेन्द्र शर्मा (इलाम), धर्मशीला चापागाई (झापा), समिता कार्की (खोटाङ), खसआर्य युवाबाट दुर्गा चापागाईं (तेह्रथुम), मधेशी कोटावाट शिवकुमार मण्डल (मोरङ), जनजाति कोटाबाट अजम्बर राई (भोजपुर), रामकुमार राई (खोटाङ), जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो (पाँचथर) र हेमकुमार राई (सोलुखुम्बु) केन्द्रीय सदस्य बनेका छन्। जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई (खोटाङ) र थारु महिला कोटाबाट रामकुमारी चौधरी (सुनसरी) केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

महाधिवेशनबाट लेखा आयोगको अध्यक्षमा निर्वाचित पेशल खतिवडा र अनुशासन आयोगको अध्यक्षमा निर्वाचित टंक राई पनि प्रदेश १ कै हुन्। उनीहरु पार्टीको स्थायी समिति सदस्य सरहको हैसियतमा रहने बिधानमा व्यवस्था छ। मनोनिततर्फ पनि प्रदेश १ बाट केहि नेताहरु केन्द्रीय सदस्य बन्ने बताइएको छ।

प्रकाशित: Jan 03, 2022| 08:05 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...