आइतबार, असार २१, २०८३

ला लिगा : बार्सिलोना र एट्लेटिकोको जित, रियल मड्रिड पराजित

गेटाफेको मैदानमा सम्पन्न खेलमा रियलले घरेलु टिमसँग १-० गोलको हार बेहोरेको हो। रियललाई हराउन गेटाफेका इनिस उनलले गोल गरे। खेलको ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि रियलले गोल गर्न सकेन।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाको आइतबार राति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले जित निकालेका छन् भने रियल मड्रिडले हार बेहोरेको छ।

गेटाफेको मैदानमा सम्पन्न खेलमा रियलले घरेलु टिमसँग १-० गोलको हार बेहोरेको हो। रियललाई हराउन गेटाफेका इनिस उनलले गोल गरे। खेलको ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि रियलले गोल गर्न सकेन।

त्यस्तै, वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिम एट्लेटिकोले पाहुना टिम रायो भालोकानोविरुद्ध २-० गोलको सहज जित निकालेको छ। एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुवै गोल गरे।

ला लिगामा बार्सिलोनाले मायोर्कालाई १-० गोलअन्तरले हराएको छ। मायोर्काकै मैदानमा सम्पन्न खेलमा उसले हार बेहोरेको हो। बार्सिलोनाको जितका लागि लुके डि जोङले निर्णायक गोल गरे।

यो जितसँगै ३१ अंक बनाएको बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ। खराब समयबाट गुज्रिरहेको बार्सिलोनाले पछिल्लो केही खेलमा अंक पाएसँगै तालिकाको माथितिर उक्लिरहेको छ।

त्यस्तै, एट्लेटिको मड्रिड पनि ३२ अंक बनाएर चौथो स्थानमा छ। शीर्षस्थानको रियल भन्दा बार्सिलोना १५ अंकले पछि छ। रियलले २० खेलबाट १४ जित र चार बराबरीसँगै ४६ अंक बनाएको हो।

दोस्रो स्थानको सेभिया र तेस्रो स्थानको रियल बेटिसको क्रमशः ३८ र ३३ अंक छ। उनीहरुले क्रमशः १८ र १९ खेल खेलेका छन्। एट्लेटिको र बार्सिलोनाले भने समान १९-१९ खेल खेलेका छन्।

प्रकाशित: Jan 03, 2022| 07:46 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।