काठमाडौं- नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने भएको छ। बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको माओवादीले जनाएको छ।
बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्दसत्रमा पेस गरेका २३७ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन्।
आजको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ।