काठमाडौं- आइतबार साँझ दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको खेल हेर्न उपस्थित समर्थकको हो-हल्लाले एउटा कुरा संकेत गर्यो। त्यो हो, मछिन्द्रले सन् २०२२ को एएफसी कप छनोट खेल्न पाउने। त्यो खुसी भरिएको मुहारमा लिएर प्रशिक्षक प्रवेश कटुवाल पोस्टम्याच कन्फरेन्समा पुगे।
'चोट र सस्पेन्सनका कारण हामीले सबै खेलाडी खेलाउन पाएनौँ। त्यसका बाबजुद आज पुलिसविरुद्ध जित हात परेको छ। त्यसमा म सन्तुष्ट छु,’उनले पुलिसविरुद्ध १–० गोलको जित निकालेपछि भने,'शनिबार मनाङले जितिसकेपछि हामीले पनि जित्नैपर्ने दबाब बन्यो। अब जित पनि भयो।’ उनले पुलिसले सुरुमा पाँच डिफेन्स उतारेको कारण गाह्रो भए पनि अग्रता बनाएपछि सहज भएको बताए।
लिगको छैटौं राउन्डमा मनाङलाई हराएपछि मछिन्द्र दोस्रो पटक तालिकाको शीर्षस्थानमा उक्लिएको थियो। उसलाई त्यो शीर्षस्थान बचाउनका लागि आइतबारको जित अनिवार्य थियो। त्यो किनभने यसअघि दोस्रो स्थानमा रहेको मनाङले शनिबार पोखरा रंगशालामा बीबीसीलाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो।
त्यसैले आइतबारको खेलमा मछिन्द्र पुलिस क्बलाई हराएर शीर्षमा उक्लिन चाहन्थ्यो। र, उसले त्यो चाहना पूरा गर्दै एएफसी कप छनोटमा आफ्नो स्थान सुरक्षित गर्यो। कप्तान सुजललाई चाहीँ भाग्यले पनि साथ दिएको जस्तो लाग्छ। उनले भने, 'मलाई चाहिँ भगवालने पनि साथ दिएको जस्तो लाग्छ। टिमलाई दबाब पनि थियो। तर हामी सफल भयौँ। यसको लागि सम्पूर्ण टिमले नै मिहनेत गरेको छ।’
उनले थपे, 'पछिल्लो सिजन हामी विजेता भएका थियौँ। तर लाइसेन्स नहुँला खेल्न पाएनौँ। जितेर पनि खेल्न नपाउँदा दु:ख लागेको थियो तर यो वर्ष त्यो मौका पाएका छौं।’ पछिल्लो सिजन आर्मीसँग मात्र एएफसी लाइसेन्स भएको कारण उसले छनोट खेलेको थियो। तर यो वर्ष चार क्लबले लाइसेन्स पाइसकेका छन्। त्यसैले सातौँ चरणपछि शीर्षस्थानमा रहने टिमले छनोट खेल्ने पूर्व निर्धारित थियो। अब खेलाडी थपेर एएफसी छनोटमा थप बलियो भएर जाने प्रशिक्षक कटुवालको विश्वास छ।
यता, आजको खेलमा हार बेहोरेसँगै पुलिस भने ११ औं स्थानमा झरेको छ। सात खेलमा तेस्रो हार बेहोरेको पुलिसले एक जितसहित तीन बराबरी खेलेको छ। उसले लिगमा ६ अंक बनाएको छ। आजको हारपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले भने, 'खेल त राम्रो नै भयो। तर नतिजाले हामीलाई साथ दिएको छैन। अब आउँदो दिनमा राम्रो हुन्छ।’
खेलको पहिलो हाफमा मछिन्द्रले एक गोल गर्यो भने दुई सुनौला अवसर गुमायो। खेलको २२ औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्रि किकमा सुनिल बलले हेडर गर्दै गोल गरे। यो गोल सुनिलको व्यक्तिगत पाँचौ गोल हो भने क्लबको नवौं गोल हो। आजको खेलमा सुनिल म्यान अफ दी म्याचसमेत बने।
सेट पिसहरु रक्षा गर्नका लागि धेरै अभ्यास गरेको भन्दै प्रशिक्षक थापाले सुनिलको गोललाई सफ्ट गोलको संज्ञा दिएका छन्। उनले भने, 'फुटबल ओपन स्किलको खेल हो। त्यस्तै सिनारियो अर्को खेलमा नआउन सक्छ। त्यसैले खेलाडीमा आफ्नो प्रकारको चरित्र हुनु जरुरी छ। डिफेन्समा हामीले त्यस्तो गोलको अभ्यास गरेको थियो। तर गोल भयो,’ उनले खेलपछि भने।
खेलको ४३ औं मिनेटमा विशाल राईले गरेको शक्तिशाली प्रहारलाई भने गोलकिपर सत्रुध्न कुमार चौधरीले बचाएका थिए। त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा सुनिलको अर्को प्रहार पनि गोलकिपर चौधरीले मुस्किलले बचाए।
पहिलो हाफभरी मछिन्द्रले पुलिसलाई दबाबमा राख्यो। तर दोस्रा हाफमा पुलिसले पनि केही राम्रा मुभहरु बनायो। ७० औं मिनेटमा पुलिसका कप्तान रामचन्द्र वाजीले पेनाल्टी बक्सभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टबाहिर गएको थियो। गोलको लागि नजिकमा पुगेको पहिलो अवसर नै पुलिसले गुमायो।
त्यस्तै, ७५ औं मिनेटमा पुलिसले फ्रि किकको अवसरलाई सदुपयोग गर्न सकेन। सुमन लामाले प्रहार गरेको बल पहिलो बारमा लागेर मैदानमा फर्कियो। आजको खेलमा हार बेहोरे पनि प्रदर्शनको कारण टिम राम्रो हुँदै गएको प्रशिक्षक थापाले बताएका छन्।
खेलको ६१ औं मिनेटमा विसाल राईले गरेको प्रहार पोस्टबाहिर गरेको थियो। खेलको ६९ औं मिनेटमा गोलकिपर बिट गरिसकको अवस्थामा मनिष डाँगीले गरेको प्रहारमा पनि बल पोस्टभित्र छिर्न सकेन।
७८ औं मिनेटमा सुनिलको प्रहार गोलकिपरले बचाए। त्यसपछि मछिन्द्रले दुईपटक कर्नर प्रहारको अवसर पायो। तर गोल हुन सकेन्। 'पहिलो हाफमा गोल भएपछि। त्यो अग्रता बचाउने र काउन्टरमा अट्याक गर्ने भन्ने रणनीति लिएका खेल्यौँ। र, जित्यौँ,’ प्रशिक्षक कटुवाललले भने।
तालिका
लिगको पहिलो खेलपछि नै कहीँ फरक कहिँ उस्तै नतिजा निकालिरहेका मछिन्द्र र मनाङले चौथो चरण सकिँदासम्मा दुवैको समान १०–१० अंक थियो। यी दुवै क्लबले लिगमा तीन अंक बटुल्दै यात्रा सुरु गरे। तर मनाङले लगातार दोस्रो जित निकाल्दा मछिन्द्र बराबरी खेल्यो।
त्यो चरणमा मनाङले भने जित निकाल्यो। लिगको सुरुआति दुवै खेलमा जित निकाल्ने एकमात्र टिम मनाङ बन्यो। तर मनाङले तेस्रो खेलमा संकटासँग बराबरी खेलेपछि दुवैले समान ७–७ अंक बनाए। यससँगै उनीहरु शीर्ष दुईमा उक्लिए।
चौथो चरणमा दुवैले जित निकाले पनि पाँचौ चरणको नतिजा फरक छ। मछिन्द्रले सोचेनअनुकुल नतिजा निकालेन र, पछि पर्यो।
त्यो चरणमा मनाङ भने घरेलु मैदानमा खेल्न पोखरा गएको थियो, त्यहाँ उसले पुलिसलाई ३–१ गोलले हराएपछि उसले आफ्नो यात्रालाई शीर्षस्थानमा पुर्याएको थियो।
त्यसैले ऊ एएफसी कपको छनोटमा पुग्ने लक्ष्यका साथ छैटौं चरण खेल्न काठमाडौं फर्कियो। तर काठमाडौंमा उसको अपेक्षित नतिजा आएन। छैटौं चरणमा यी दुई क्लबले आपसमा खेलेका थिए। त्यो खेल मनाङका लागि बिर्सन लायक रह्यो।
त्यहाँ उसको अपराजित यात्रा मात्रै टुंगिएन उसले हार बेहोर्दै एएफसी कपको यात्रामा आफ्नो सम्भावना घटाउन पुग्यो। त्यो खेलमा मछिन्द्रलाई हराउन सकेको भए उसले एएफसी छनोट खेल्ने पक्का हुन्थ्यो।
लिगको दोस्रोस्थानमा रहेको मछिन्द्र क्लब भने त्यही चरणमा मनाङलाई हराउँदै शीर्षस्थानमा उक्लियो। अब सातौं चरणको प्रतिस्पर्धा एएफसी छनोटका लागि निर्णायक थियो। मनाङ घरेलु मैदानमा खेल्न पोखरा गयो थियो। जहाँ उसले ब्रिगेड ब्वाइज् क्लबलाई १–० गोलले हराउँदै अंकतालिकामा १६ अंक जोड्यो। मनाङले १६ अंक जोडेको दिन मछिन्द्रको खातामा १४ अंक थियो।
अब पुलिससँग खेल्ने पालो मछिन्द्रको थियो। मछिन्द्रले पुलिससँगै हार बेहोरे वा बराबरी गरे मनाङलाई एएफसी कप छनोट खेल्ने अवसर थियो। तर मछिन्द्रले १–० को जित निकाल्दै एएफसी कप छनोटसम्मको यात्रा तय गर्यो।
'अब एएफसी छनोटमा हामी खेलाडी थप गरेर झन बलियो भएर जान्छौं। नेपाली खेलाडी पर्याप्त छन्। विदेशी खेलाडी थप्ने सोच छ,’ प्रशिक्षक कटुवालले भने, 'आज पनि हामीले भारतका खेलाडीलाई पहिला पटक खेलायौं। रेजिन(धिमाल) घाइते भएकाले त्यो गरेको हो। उसले एक दिन मात्र अभ्यास गरेको हो। सुजलसहित बाँकी एक खेलाडी पनि घाइते भएकाले नयाँ खेलाडी ल्यायौँ।’
मछिन्द्रको अहिलेसम्मको खेल
मछिन्द्रले लिगमा ७ खेल पूरा गर्दा दुई बराबरका साथ पाँच जित निकालेको छ। यससँगै उसको १७ अंक भएको छ। उसले लिगको पहिलो खेलमा एनआरटीलाई २–१ गोलले हराएको थियो। त्यसो त उसले लिगमा गोल बेहोरेको पनि त्यो एकमात्र हो।
यसकारण उनले जारी लिगको ६७५ मिनेटसम्म गोल बेहोरेको छैन। लिगमा अन्य क्लबको भन्दा यो राम्रो रेकर्ड हो। त्यस समयमा उसले छ गोल गरिसकेको छ।
त्यसपछि उसको सबै खेलमा क्लिन सिट छ। यी सबै तथ्यांकले कति खुसी दिन्छ? भन्ने प्रश्नको जवाफमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले भने, 'यो मेरो मात्र सफलता होइन। टिमको सफलता हो। टिमवर्कले यो सबै भएको हो। प्रशिक्षकले भनेजस्तै हामीले खेल्यौँ। त्यसैले फल भयौँ।’
लिगका सुरुवातका सात खेलमा आफूलाई कठिन प्रतिद्वन्द्वी परे पनि जित निकाल्न सफल रहेको प्रशिक्षक कटुवाल बताउँछन्। 'सात खेलमा सबैलाई एक प्रतिस्पर्धी पर्दैन। तर हाम्रा लागि टफ प्रतिस्पर्धी परेका थिए। त्यसकारण पनि हामीलाई गाह्रो भयो। यद्यपी हामी सफल भयौँ,’ प्रशिक्षक कटुवालले भने, 'बलियो पर्दा गाह्रो थियो। यस अवधिमा मछिन्द्रले सुधार गर्नुपर्ने धेरै देखियो। दुई चार वर्षसँगै खेल्नुपर्ने पनि हुन्छ। प्ले पासमा सुधार गर्नुपर्छ।’
दोस्रो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको मछिन्द्रले तेस्रो खेलमा जवाखेललाई २–० गोलले हरायो। त्यस्तै, उसले हिमायलन शेर्पाविरुद्ध ३–० गोलको जित निकालेको मछिन्द्रले संकटासँग बराबरी खेलेको थियो।
डिफेन्ङि च्याम्पियन मछिन्द्रले लिगमा यो दोस्रो बराबरी गरेको हो। त्यसपछि उसले अर्को उपाधि दाबेदार मनाङविरुद्ध १–० गोलको जित निकाल्यो। दुई बराबरीपछि उसलाईँ शीर्षस्थानमा पुर्याउन मनाङसँगको खेल नै निर्णायक थियो।
मछिन्द्रकौ प्रतिद्वन्दी मनाङको खेल
मनाङले पहिलो खेलमा जावलाखेलविरुद्ध जित निकाल्यो भने दोस्रो खेलमा हिमालयन शेर्पालाई हरायो। सुरुआति दुई खेलमा जित निकाले पनि उसले तेस्रो खेलमा संकटासँग २–२ गोलको बराबरी खेल्यो। फेरित उसले चौथो र पाँचौ खेलमा फेन्ड्स र पुलिसलाई हराएर शीर्षस्थान कब्जा गर्यो।
तर छैटौं चरणमा मछिन्द्रसँग स्तब्ध भयो। सातौँ चरणमा बिबिसीमाथि १–० को जित एएफसी छनोट खेल्न पर्याप्त भएन।