शुक्रबार, चैत ६, २०८२

हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?

यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– कतिपय मानिसहरूलाई धेरै चिसो लाग्छ र उनीहरु हरेक समय हिटर अघि नै बिताउने गर्छन्। हिटरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ।

National life

हिटरबाट हुने हानी

हिटरबाट निस्कने हावाले छालालाई धेरै सुख्खा बनाउँछ। हिटरका कारण मानिसमा निद्रा नलाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्या आउन सक्छ। कन्भेन्सन हिटर, हलोजन हिटर र ब्लोअरको अत्याधिक प्रयोगले तपाईलाई बिरामी बनाउन सक्छ। यी हिटरहरूबाट निस्कने रसायनहरू सास लिने माध्यमबाट शरीरमा प्रवेश गर्छ र भित्री भागहरूमा क्षति पुर्‍याउँछ, विशेष गरी यदि तपाईंलाई दम वा एलर्जी छ भने यसले झनै असर गर्छ।

यस्ता व्यक्तिलाई हुन्छ बढी हानी

दमका बिरामीहरू रुम हिटरबाट सबैभन्दा बढी पीडित हुन्छन्। यदि तपाईलाई श्वासप्रश्वासको समस्या छ भने, हिटरबाट निश्चित दूरीमा बस्नुहोस्। यसबाहेक ब्रोन्काइटिस र साइनसका बिरामीलाई पनि एलर्जी हुन सक्छ। यदि तपाईं नियमित हीटर प्रयोग गर्दै हुनुहुन्छ भने, केहि मिनेट पछि मात्र यसलाई बन्द गर्नुहोस्। यदि तपाईंलाई साइनस वा ब्रोन्काइटिसको समस्या छ भने ह्युमिडिफायर प्रयोग गर्नु राम्रो हुन्छ। यसले हावामा रहेको आद्रता कायम राख्छ, जसले गर्दा श्वासप्रश्वासमा कुनै समस्या हुँदैन।

Laxmi sunrise bank
kumari

एलर्जीवालाका लागि यस्तो हिटर

स्वास्थ्य विज्ञहरूका अनुसार यदि तपाईं दमको बिरामी हुनुहुन्छ वा तपाईंलाई एलर्जीको समस्या छ भने साधारण हिटरको सट्टा तेलको हिटर प्रयोग गर्नुहोस्। यो हिटरमा तेल भरिएको पाइप हुन्छ, जसका कारण सुख्खा आउँदैन। यदि तपाईं नियमित हीटर प्रयोग गर्दै हुनुहुन्छ भने, केहि मिनेट पछि मात्र यसलाई बन्द गर्नुहोस्। यदि तपाईंलाई साइनस वा ब्रोन्काइटिसको समस्या छ भने तपाईंले ह्युमिडिफायर प्रयोग गर्नु राम्रो हुनेछ। यसले हावामा रहेको आद्रता कायम राख्छ, जसले गर्दा श्वासप्रश्वासमा कुनै समस्या हुँदैन।

ग्यास हिटरबाट रहनुस् सावधान

अध्ययनका अनुसार ग्यास हिटर वा एलपिजी हिटर बढी प्रयोग हुने घरका बालबालिकामा दमको समस्या बढी पाइन्छ। यसबाहेक खोकी, हाच्छ्युँ, छातीमा घरघराहट हुने र फोक्सोमा क्षति पुग्ने लक्षण पनि बढी देखिन्छन्। यी हिटरहरूबाट उत्सर्जित कार्बन मोनोअक्साइड विशेष गरी साना बालबालिका र वृद्धवृद्धाहरूको लागि हानिकारक छ। विज्ञहरूका अनुसार हिटरलाई शिरक वा बल्यान्केटमा कहिल्यै राख्नु हुँदैन अन्यथा आगो लाग्न सक्छ।

प्रकाशित: Jan 03, 2022| 05:10 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्