आइतबार, असार २१, २०८३

क्यानसँगको सहमतिपछि खेलाडी प्रशिक्षणमा फर्किने

नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमति भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमति भएको छ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो। 

उक्त छलफलपछि असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार बिहान नौ बजेसम्म बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन्। ज्ञानेन्द्र सहितको समूहले भने कप्तान परिवर्तन गर्नुपर्ने माग गर्दै आएको थियो। क्यानले सन्दीप लामिछानेलाई कप्तानीमा नियुक्त गरेको हुँदा परिवर्तन नगर्ने जनाएको हो। चार क्रिकेटरमाथि २०२२ को सुरुवाती ६ महिना ग्रेडमा लगाएको प्रतिबन्ध भने क्यानले फुकुवा गरेको छ।

क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो।

ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्‍ने निर्णय गरेको थियो। यी दुवै कारवाही फिर्ता हुनुपर्ने भन्दै ज्ञानेन्द्र समूहले शनिबार बोलाएको बन्द प्रशिक्षणमा गएका थिएनन्।


प्रकाशित: Jan 02, 2022| 19:54 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।