बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवालाई लिङ्देनको ज्ञापनपत्र, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

प्रधानमन्त्री देउवालाई लिङ्देनको ज्ञापनपत्र, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन्। 

'राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन, तसर्थ आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदा दिन तथा नेपाली मुद्रामा शाहको तस्बिर अंकित गर्न माग गर्दछौँ,’ ज्ञापन पत्र बुझाउने क्रममा लिङ्देनले भनेका थिए।

यसअघि २०७४ सालमा देउवाले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए। तर, पछि केपी ओली नेतृत्वको सरकारले त्यसलाई केटौती गरेको थियो।

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको छ।

 

प्रकाशित: Jan 02, 2022| 21:25 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...