आइतबार, असार २१, २०८३

आरडब्लू विन्टर स्लाम रेस्लिङमा तनु च्याम्पियन

तनु दोश्रो आरडब्लू विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन्। पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वर्ल्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- तनु दोश्रो आरडब्लू विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन्। पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वर्ल्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन्।

जलवायु दिवसको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनलाई हराए। डेबिडले ५० हजार नगद पुरस्कार पाए।

छेरो, यङ स्याडी र बाबाबीच भएको त्रिपल थ्रेट प्रतिस्पर्धामा यङ स्याडीले बाजी मारे। उनी ४० हजार नगदबाट पुरस्कृत भए।

सिन्धुपाल्चोकको गुफाडाँडामा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको हार्डकोरमा किङ रोबर्टले नुवाकोटे टाइगरको चुनौती पन्छ्याउदै ६५ हजार नगद पुरस्कार जिते।

हेभीवेट भिडन्तमा चट्टानले साइनलाई पाखा लगाएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। चट्टानले ७५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रकाशित: Jan 02, 2022| 19:05 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।