बिहीबार, वैशाख २०, २०८१

माओवादीमा 'टीके शैली'कै निरन्तरता

माओवादी केन्द्रले अन्ततः तीन दिन लामो छलफलपछि फेरि पनि टीके शैलीबाटै केन्द्रीय सदस्य चयन गरेको छ। युवा नेताहरुले निर्वाचनको माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा सहमति गरेर केन्द्रीय सदस्य छानिएको माओवादीकै नेताहरुले बताएका छन्।
 |  आइतबार, पुस १८, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, पुस १८, २०७८

काठमाडौं- माओवादी केन्द्रले अन्ततः तीन दिन लामो छलफलपछि फेरि पनि टीके शैलीबाटै केन्द्रीय सदस्य चयन गरेको छ। युवा नेताहरुले निर्वाचनको माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा सहमति गरेर केन्द्रीय सदस्य छानिएको माओवादीकै नेताहरुले बताएका छन्। 

triton college

बागमती र प्रदेश १ मा निर्वाचन भएकाले केन्द्रमा पनि सदस्य छान्‍न निर्वाचन हुनुपर्ने माग कतिपय युवा नेताहरुले गरेका थिए। तर, सो माग सुन्‍नै नचाहेका अध्यक्ष प्रचण्डले फेरि एकपटक टीके शैलीमा केन्द्रीय सदस्य छानेका छन्। आइतबार बन्दसत्र स्थगित गरेर बसेको स्थायी कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको नाममा सहमति भएको थियो। 

सबै प्रदेशबाट प्राप्त सूचीका आधारमा तय गरिएको केन्द्रीय सदस्यहरुको नाम अध्यक्ष प्रचण्डले महाधिवेशन हलमा पढेर सुनाएका छन्। अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन्। २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनित हुनेछन्। आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिकतर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गरेका हुन्।  माओवादीमा १५४ जना समानुपातिक र १४५ जना सदस्य चयन हुने व्यवस्था रहेको छ।

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ। समानुपातिकतर्फ माओवादीबाट केन्द्रीय सदस्यमा चयन हुनेमा खसआर्यबाट जम्मा ४५ जना रहेका छन्। त्यसैगरी आदिवासी जनजातितर्फ ४३, मधेसीतर्फ २३, दलिततर्फ २२ जना, थारूतर्फ १० जना, मुस्लिमतर्फ ७ जना रहेका छन्। त्यसैगरी अपांगतातर्फ २ जना,  पिछडिएको क्षेत्रबाट पनि २ जना चयन भएका छन्। 

शनिबार नै नेतृत्व चयन गर्ने भनिए पनि सहमति जुट्न नसक्दा आइतबारलाई सारिएको थियो। पुनः सहमतिका लागि भन्दै सहमति नभए भोलि ८ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यातालिका सार्वजनिक गरिएको थियो। महाधिवेशनबाट सकेसम्म सहमतिमै पदाधिकारी र केन्द्रीय कमिटीको टुंगो लगाउने भन्दै पटक पटक छलफल भइरहे पनि निष्कर्षमा भने पुग्‍न सकेको थिएन। सहमति गर्नकै लागि निर्वाचन कार्यतालिका तीन पटक संशोधन गरिएको थियो । 

corrent noodles
Metro Mart

निर्वाचनमा नजाने माओवादी नेतृत्वको अडानकै कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन सहमतिका नाममा ९ दिन लम्बिएको छ। ३ दिनमा सक्ने भनिएको आठौं महाधिवेशन आइतबार आठौं दिनमा आइपुगेको छ। महाधिवेशन भोलिसम्म चल्ने करिब निश्चित भएको छ। आज केन्द्रीय सदस्य चयन भएसँगै भोलि त्यहि केन्द्रीय समितिबाट अध्यक्ष तथा पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने करिब निश्चित छ भने महासचिवसहितका पदाधिकारीमा आकांक्षा राख्ने नेताहरुको सूची लामो छ। जसका कारण अहिलेसम्म पदाधिकारीमा सहमति जुट्न सकेको छैन। 'सकेसम्म सहमतिको प्रयास हुन्छ यदि भएन् भने अर्को विकल्पमा जाने अवस्था आउँछ,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेपाल समयसँग भने, 'हामीले सहमतिमा केन्द्रीय सदस्य छानेका छौं, पदाधिकारी पनि सहमतिमै छानिने हाम्रो विश्वास छ।’ 

यदि सहमति नभएको अवस्थामा अध्यक्ष मात्रै छानेर महाधिवेशन सक्ने माओवादीको तयारी छ। केन्द्रीय कमिटीमा चयन भएका २९९ सँग छलफल गरेर अध्यक्षले महाधिवेशन सकिएपछि चयन गर्न सक्ने एक नेताले बताए। उनका अनुसार पदाधिकारी महाधिवेशन सकिएपछि चयन हुने सम्भावना बलियो छ। 


प्रकाशित: Jan 02, 2022| 18:39 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...