बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको अनुशासनमा राई, लेखामा खतिवडा र निर्वाचनमा श्रेष्ठलाई जिम्मेवारी

माओवादीको अनुशासनमा राई, लेखामा खतिवडा र निर्वाचनमा श्रेष्ठलाई जिम्मेवारी

नेकपा माओवादी केन्द्रको अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई मनोनित गरिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई मनोनित गरिएको छ।  

माओवादीको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम अनुमोदनका लागि प्रस्ताव गर्दैछन्। केहिबेरअघि सकिएको स्थायी कमिटी बैठकले २९९ केन्द्रीय सदस्यको नाममा सहमति जुटाएको थियो।

नेता राईले यो महाधिवेशनमा प्रचण्डलाई सुझाव दिने क्रममा माओवादी दस्तावेजमा पूर्वीय र बुद्ध दर्शनलाई समावेश गर्नुपर्ने बताएका थिए।

त्यस्तै उनले माओवादी कार्यकर्तालाई कसैलाई श्रद्धाञ्जली दिँदा रिप लेख्‍न नहुने पनि बताएका थिए। 



प्रकाशित: Jan 02, 2022| 17:22 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...