बुधबार, भदौ ३, २०८३

माओवादी महाधिवेशन : २९९ केन्द्रीय सदस्यको नाममा सहमति

नेकपा माओवादी केन्द्रका २९९ जना केन्द्रीय कमिटी सदस्यको नाममा सहमति जुटेको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका २९९ जना केन्द्रीय कमिटी सदस्यको नाममा सहमति जुटेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठककले केन्द्रीय कमिटीमा रहने सदस्यको नाममा सहमति जुटाएको जानकारी दिए। 

'२९९ केन्द्रीय कमिटी सदस्यका नाममा सहमति भएको छ,' उनले भने, 'अब यी नामलाई महाधिवेशन प्रतिनिधिहरूको फोरममा पेस गरेर पारित गरेपछि वैधानिकता प्राप्त हुन्छ।'

यद्यपि पदाधिकारीका विषयमा भने निर्णय हुन सकेको छैन। २९९ केन्द्रीय कमिटी सदस्यमध्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था माओवादी विधानमा छ। 

माओवादीमा सहमतिका लागि दिउँसो ५ बजेसम्मका लागि निर्वाचनका प्रक्रिया रोक्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी निर्वाचन आयोगलाई आग्रह गरेका थिए। त्यसअघि नै स्थायी कमिटीले सहमति जुटाएपछि अब निर्वाचनका कार्यक्रम अघि बढ्ने छैनन्। 

प्रकाशित: Jan 02, 2022| 16:26 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...