काठमाडौं-नेपालका १४ जिल्लामा उत्पादन हुने चिया खेतीमा देशभरका नौ हजार दुई ३६ किसान संलग्न छन् । केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी बोर्डले गरेको अध्ययनका क्रममा १२ हजार ६६.५ हेक्टर जमिनमा चिया खेती हुने गरेको पाइएको छ ।
नेपालमा व्यवसायिक भन्दा व्यक्तिगत रुपमा चिया खेती गर्ने किसान धेरै छन् । चिया खेतीमा संलग्न किसानमध्ये ९८.८ प्रतिशत अर्थात नौ हजार एक सय २७ कृषकले व्यक्तिगत रुपमा चिया खेती गरेका छन् भने, ज्ञ.२ प्रतिशत अर्थात एक सय आठ किसानले संस्थागत रुपमा चिया खेती गर्दै आएका छन् ।
तथ्याङ्क अनुसार मुलुकभर ७७ जिल्ला मध्ये १४ जिल्लामा मात्रै व्यवसायिक रुपमा चिया खेती गरेको पाइएको छ । २०७४ वैशाख १ देखि चैत मसान्तसम्मको अवधिलाई सर्वेक्षणको सन्दर्भ अवधि मानिएको छ । सो अवधिमा गरिएको सर्वेक्षणको आधारमा नौ हजार दुई सय ३६ कृषक/व्यवसयीहरुले १२ हजार ६६.५ हेक्टरमा चिया खेती गरेको देखिएको छ ।
चिया खेतीको नामले इलाम जिल्ला चिनिएपनि सबैभन्दा धेरै चिया खेती झापा जिल्लामा रहेको पाइएको छ । झापामा सात हजार एक सय ९५.१५ हेक्टरमा व्यवसायिक चिया खेती गरेको पाइएको छ । सबैभन्दा कम मोरङ जिल्लामा २५ हेक्टर जमिनमा चिया खेती गरेको देखिएको छ ।
त्यस्तै सर्वेक्षणले १ अर्ब ७४ करोड २२ लाख १५ हजार रुपैयाँ व्यवसायीक चिया खेतीद्धारा उत्पादित हरियो पत्ति बिक्री भएको पाइएको छ । जसमा १० करोड ८० हजार टन हरियो चिया उत्पादन गरिएको देखिएको छ । त्यसमध्ये सबैभन्दा धेरै झापा जिल्लामा ८ करोड २५ लाख १७ हजार टन र सबैभन्दा कम भोजपुरमा १.८ टन मात्र पत्ति उत्पादन भएको देखिएको छ ।
व्यवसायिक चिया खेती गर्ने कृषक/व्यावसायीहरुले जम्मा ११ हजार ४१ वटा वगानहरुमा चिया खेती गरेको देखिन्छ भने सबैभन्दा बढी बगान इलाममा ६ हजार ९९५ र सबैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ ।
सर्वेक्षणले चिया खेती गर्ने व्यवससायीहरुमध्ये ८५.५ प्रमुख सञ्चालकमा पुरुष र १४.५ प्रतिशत महिला प्रमुख रहेका छन् ।
चिया खेती २०५० देखि ६० को दशकमा सवैभन्दा बढी ५४.६ प्रतिशत कृषक/व्यावसायी चिया खेतीमा लागेको देखिएको छ ।
व्यावसायिक चिया खेती गर्ने सञ्चालकहरुमध्ये अधिकांश ९५ प्रतिशत व्यावसायीकहरुले आफ्नै जग्गामा चिया खेती गरेको सर्वेक्षणमा देखिएको छ ।
वि.स. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा सरकारले पूर्वाञ्जलका ५ जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गरी चियाखेतीको समग्र विकासलाई महत्व दिएर लागेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४