बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सीके राउतको पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपमा परेर चार आन्दोलनकारी र दुईजना प्रहरी जवान घाइते भएका छन्।
 |  आइतबार, पुस १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

जनकपुरधाम– सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपमा परेर चार आन्दोलनकारी र दुईजना प्रहरी जवान घाइते भएका छन्। 

triton college

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। 

झडपमा घाइते भएकाहरुको नाम अहिले खुलेको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा करिब एक दर्जन अश्रुग्यास प्रहार भएको बताए। उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको बताए। 

प्रहरी नायब उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट दुईजना जवान घाइते जानकारी दिए पनि प्रदर्शनकारीहरुको तर्फबाट घाइते भएको बारेमा खुलाएनन्। यद्यपि प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएको बताएका हुन्। प्रहरीले भने प्रदर्शनको क्रममा गोली प्रहार नगरिएको दाबी गरेको छ।

झडप अहिले पनि जारी नै रहेकोले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। केही दिन यता जनमत पार्टीले किसान आन्दोलनको नाममा अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गरेको छ।

Metro Mart
vianet

प्रकाशित: Jan 02, 2022| 14:01 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।