आइतबार, असार २१, २०८३

क्रिकेट टिमको प्रशिक्षण आजबाट, १२ खेलाडी अनुपस्थित

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज आइतबारबाट सुरु हुँदैछ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज आइतबारबाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षणको प्रारम्भिक टोलीमा ३० जना खेलाडीलाई बोलाएको छ। तर सबै खेलाडीले अहिले क्यानमा रिपोर्टिङ गरेका छैनन्।

क्यानको कारबाहीमा परेका चार खेलाडीसहित १२ खेलाडीले अहिलेसम्म रिपोर्टिङ नगरेका हुन्। क्यानले गएको बिहीबार नै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदै शनिबार होटल आइपुग्न सूचना दिएको थियो।

कारबाहीमा परेकासहित १२ खेलाडी प्रशिक्षणका लागि उपस्थित भएका छैनन्। क्यानले मिडियामा क्यानविरुद्ध बोलेको भन्दै ज्ञानेन्द्र मल्लसहित, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो।

उनीहरुसहित कुशल भुर्तेल, विक्रम शोब, करण केसी, सुशन भारी, रोहित पौडेल, विनोद भण्डारी, सन्दिप जोर र नन्दन यादव पनि प्रशिक्षणमा आएका छैनन्।

प्रशिक्षणमा बोलाइएका ३० खेलाडी

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम सार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशिर महतो, सागर ढकाल र हरिशंकर साह


प्रकाशित: Jan 02, 2022| 11:50 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।