मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सलमानलार्इ नेपाल ल्याउने भन्दै ठगी गर्ने सिमान्त गुरुङ पक्राउ

सलमानलार्इ नेपाल ल्याउने भन्दै ठगी गर्ने सिमान्त गुरुङ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं: भारतीय अभिनेता सलमान खानलार्इ नेपाल ल्याउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा ओडिसी इन्टरनेशनलका प्रबन्ध निर्देशक सीमान्त गुरुङ् पक्राउ परेका छन्। 

सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर बृहत कार्यक्रम गर्ने भन्दै पाँच देखि २० हजार दरका पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा उनलार्इ शुक्रबार लाजिम्पाटबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले नेपाल समयलार्इ बताए। 

यसअघि गुरुङलार्इ अमेरिकाको एउटा व्याण्ड ल्याउने भन्दै सन् २०१३ मा करोडौं ठगीको आरोप छ।

विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण रद्द भएको थियो। 

केही समयअघि अभियुक्त गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट बिक्री भएको बताएपनी ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौँ उठाएको पाईएको प्रहरीले जनाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।