मंगलबार, असार ३०, २०८३

सिंहदरबार अगाडि रामशाहपथमा आगलागी (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–काठमाडौंको व्यस्त ठाउँ रामशाहपथमा आगलागी भएको छ । विद्युत सट भएर विद्युत पोलमा आगो लागेपनि धेरै क्षति भएको छैन । 

जेलिएको तारमा विद्युत सट भएपछि झण्डै ५० मिटर दूरीमा रहेका बिजुली, टेलिफोन, केबुल तथा इन्टरनेटको तार जलेको छ । 

विद्युत पोलमा आगो लागेपछि ट्राफिकले सडक खाली गरी दमकलको सहायताले आगो नियन्त्रणमा लिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी नायप उपरीक्षक काजीराज आचार्यले नेपाल समयलाई जानकारी दिए । 

आगो नियन्त्रणमा नआउञ्जेल भण्डै आधा घण्टा त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो । 

भिडियो हेर्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।