आइतबार, मंसिर ७, २०८२

ए डिभिजन लिग : जित्नैपर्नै दबाबमा मछिन्द्र

सहिद स्मारक ए डिभिजन लिगको ४८औं खेल आइतबार दिउँसो हुँदैछ। दिउँसो पाने ५ बजेबाट दशरथ रंगशलामा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको ४८औं खेल आइतबार दिउँसो हुँदैछ। दिउँसो पाने ५ बजेबाट दशरथ रंगशलामा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

National life

आजको खेलमा मछिन्द्र जित्नैपर्ने दबाबमा हुनेछ। त्यो किनभने ऊ अहिले एएफसी कप छनोट खेल्ने दाउमा छन्। र, सो छनोट खेल्नका लागि आज मछिन्द्रले पुलिसलाई हराउनु पर्नेछ।

आगामी फेब्रुअरीमा एएफसी छनोटको खेल हुने भएकाले नेपालको लिग सकिने छैन। त्यसैले लिगको सातौं चरणको अन्तिममा लिगको शीर्षस्थानमा रहने टिमले छनोट खेल्न पाउने एन्फाले क्लबलहरूलाई बताइसकेको छ।

त्यसैको आधारमा अहिले तालिकाको शीर्षस्थानमा मछिन्द्र र मनाङले प्रतिस्पर्धा गरिरहेका छन्। शनिबार दिउँसो पोखरामा सम्पन्न खेलमा ब्रिगेड बोइज क्लबमाथि जित निकाल्दै मनाङले १६ अंक बनाएको छ।

ऊ अहिले शीर्षस्थानमा छ। दोस्रो स्थानमा मछिन्द्र क्लबको १४ अंक रहेको छ। मछिन्द्रले आजको खेलमा जित निकाल्न सके उसको १७ अंक हुनेछ र एफसी छनोट खेल्न पाउनेछ। त्यसैले जारी लिगमा यो महत्त्वपूर्ण खेलसमेत हो।

Laxmi sunrise bank
kumari

‘पाँचौँ चरणको खेल जितेको भए छैटौं चरणको खेल नै डिसाइडर हुन्थ्यो। तर त्यो भएन। अहिले मनाङ दुई अंकले अघि रहेको छ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘पुलिस ब्यालेन्स टिम छ। तर हामीले त्यही अनुसारको रणनीति तयार गरेका छौं।’

उनले खेलाडीमा चोटको कारण खेल्न समस्या भइरहने पनि बताएका छन्। उनले 

तर, पुलिस पनि आजको खेलमा जित निकाल्दै आफ्नो स्थान सुधार गर्ने पक्ष्यमा हुनेछ। पुलिस अहिले छ अंकका साथ लिगको १०औं स्थानमा छ। ऊ रेलिगेसनको क्षेत्रभन्दा एक अंकले मात्र माथि रहेको छ। त्यसैले आजको खेलमा पुलिसलाई पनि जित आवश्यक छ।

प्रकाशित: Jan 02, 2022| 08:25 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।