आइतबार, असार २१, २०८३

ईपीएल : १० खेलाडीमा समेटिएको आर्सनल सिटीसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटीसँग १० खेलाडीमा समेटिएको आर्सनल पराजित भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटीसँग १० खेलाडीमा समेटिएको आर्सनल पराजित भएको छ। आर्सनलको इमिरेट्स मैदानमा शनिबार राति सम्पन्न खेलमा उसले पाहुनो टिम सिटीसँग २–१ गोलको हार बेहोरेको हो।

खेलको ३१औं मिनेटमा युवा खेलाडी बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० गोलले अघि रहे पनि आर्सनलले अग्रता जोगाउन सकेन।

५७औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो। सो अवसरलाई सदुपयोग गर्दै रियाद महरेजले खेललाई बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटसम्म खेल बराबरी भए पनि इन्ज्युरी समयमा गोल गर्दै सिटीले जित निकालेको हो।

यता, खेलको ५७औं मिनेटमा र ५९औं मिनेटमा दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। त्यसपछि आर्सनले १० खेलाडीमा समेटिएको थियो।

यो जितसँगै सिटीले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएका छ। दोस्रो स्थानको चेल्सीको ४२ अंक छ भने तेस्रो स्थानको लिभरपुलको ४१ अंक छ। ३५ अंक बनाएको आर्सनले लिगको चौथो स्थानमा छ।

शनिबार राति नै सम्पन्न लिगको अर्को खेलमा भने टोटेनहम हट्स्परले वाटफोर्टविरुद्ध १–० गोलको जित निकालेको छ। त्यस्तै, वेस्ट हामले क्रिस्टल प्यालेसविरुद्ध ३–२ गोलको जित निकालेको छ।

प्रकाशित: Jan 02, 2022| 08:16 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।