आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग : यस्तो रह्यो 'सर्वाधिक गोलकर्ता' मैदान प्रवेश गरेको खेल

ए डिभिजन लिग : यस्तो रह्यो 'सर्वाधिक गोलकर्ता' मैदान प्रवेश गरेको खेल

यो बराबरीसँगै च्यासलले ५ अंक बनाएको छ। ५ अंक जोडेपनि च्यासल रेलिगेसन जोनमै छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- च्यासल युथ क्लब र संकटा क्लब सहिद स्मार ए डिभिजन लिगको ४७औं खेलमा गोलरहित बराबीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तीन हजार समर्थक माझ दुवै टिमले गोल गर्न नसकेपछि उनीहरुले १–१ अंक बाँडेका छन्।

National life

यो बराबरीसँगै च्यासलले ५ अंक बनाएको छ। ५ अंक जोडेपनि च्यासल रेलिगेसन जोनमै छ। 

यता संकटाले १३ अंक बनाएको छ। लिगमा अपराजित संकटा शीर्ष तीनको लक्ष्यका साथ लिगमा उत्रिएको थियो। लिगमा संकटाले चार बराबरी र तीनमा जित निकालेको छ। यीमध्ये दुई खेल भने गोलरहित बराबरीमा सकिए। तीन खेल क्लिन सिट राखेको छ। जारी लिगमा उसले ९ गोल गरिसकेको छ। 

‘आज हामी तीन अंकका लागि आएका थियौँ। खेलमा राम्रा अवसहरु पनि सिर्जना भए तर हामीले गोल गर्न सकेनौँ। त्यसैले दुई अंक गुमायौँ,’ खेलपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले भने।

च्यासल क्लबका लेजेन्ड फरवार्ड सन्तोष साहुखला आजको खेलबाट मात्र लिगमा आइपुगेका हुन्। ए डिभिजन लिगमा सर्वाधिक १०३ गोल गरेका उनले यो सिजनको पहिलो खेल खेलेका हुन्। त्यस्तै, उनी ए डिभिजन लिगमा सय गोल पुर्‍याउने पहिलो र एक्ला खेलाडी पनि हुन्।

Laxmi sunrise bank
kumari

आफ्नो सहोदर दाई बालगोपाल साहुखलाको प्रशिक्षणमा कप्तानीको आर्मब्यान्ड लगाएर उनले पहिलो खेल नै पूरा समय खेले। ‘सन्तोष आएर पनि टिमको आत्मबल बढेको छ। हाम्रो स्ट्राइकिङ लाइनमा केही कमजोरी देखिएको थियो। ऊ आएर केही हौसला मिलेको छ,’ खेलपछि प्रशिक्षक साहुखलाले भने, ‘आज पनि धेरै अवसरहरु त सिर्जना भए नि।’

यता संकटाका प्रशिक्षक विष्णुले पनि सन्तोष हुँदा टिमको आत्मविश्वास बढ्ने बताएका छन्। संकटा क्लबमा प्रशिक्षक विष्णु र सन्तोषले लामो समय सँगै खेलेका थिए। त्यसैले सन्तोष जहिल्यै पनि उच्च मनोबलका साथ खेल्ने भएकाले टिमको आत्मविश्वास बढेको बताएका छन्।

खेलमा दुवै टिमले निकै राम्रा अवसरहरु सिर्जना गरे पनि गोल गर्न सकेनन्। खेलको १० औं मिनेटमा संकटाले अट्याकिङ थर्डमा पाएको सुनौलो अवसरको सदुपयोग गर्न सकेन। सुरुमा उत्तम राईले गरेको प्रहार गोलकिपर प्रदिप भण्डारीले बचाएका थिए। त्यसपछि फर्किएको बललाई फोडे फोफानाले पुन प्रहार गरे पनि गोलकिपर भण्डारीले बचाएका थिए।

खेलको ४२औं मिनेमा संकटाले अर्को अवसर गुमायो। उत्तम राईले प्रहार गरेको बल पोस्टबाट बाहिर गयो। त्यस्तै, खेलको ५९ औं मिनेटमा अमित राईले पोस्टको फ्रेममा पर्नेगरि फ्रि किको अवसरमा बल प्रहार गरे पनि भण्डारीले बचाएका थिए।

भण्डारी खेलको म्यान अफ दि म्याचसमेत बने।

खेलको ७४औं मिनेटमा च्यासलका अभिषेक लिम्बूले सानदार रक्षा गरे। निरज बस्नेतले गोलकिपर बिट गर्दै पोस्टनको नजिकैबाट गरेको प्रहार उनले गोललाइनबाट बचाएका थिए।

‘धरै अवसर पायौँ। च्यासलले पहिलाभन्दा राम्रो खेल्यो। सन्तोष आएर पनि होला। त्यसैले इन्टेन्स भएको थियो। गाह्रो त भएको थिएन। तर पाएको अवसर सदुपयोग भएन,’ प्रशिक्षक विष्णु गुरुङले भने।

यता खेल अवधिभर च्यासलले पनि अवसर खेर फाल्यो। खेलको १९औं मिनेटमा विकास मेराग्लियाको प्रहार पोस्टबो बायाँबाट बाहिरिएको थियो। २१औं मिनेटमा रुमेश बर्तौलाले क्रसबारमाथि प्रहार गरे।

खेलको ५०औं मिनेटमा राजीव लोप्चन र यान्निक केट्जाले गरेको दुई प्रहार गोलकिपर राजा बाबु थापाले बचाएका थिए। त्यस्तै, ५३ औं मिनेटमा सन्तोषको प्रहार पनि गोलमा परिणत हुन सकेन।

‘संकटा फर्ममा आइसकेको टिम थियो। आत्मविश्वासि टिम पनि थियो। तर हाम्रो टिम भनेको आत्मविश्वास गुमाएको टिम हो। त्यसैले आजको जित हामीलाई लिगमा फर्कनकालागि बाटो हुनसक्थ्यो। तर भएन,’ प्रशिक्षक साहुखलाले भने।


प्रकाशित: Jan 01, 2022| 20:46 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।