सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लगातार चार खेलमा लागेको 'गोल खडेरी' तोड्दै थ्रीस्टारको दोस्रो जित

लगातार चार खेलमा लागेको 'गोल खडेरी' तोड्दै थ्रीस्टारको दोस्रो जित

थ्रीस्टारलाई जित दिलाउन आयुष घलान र रितिककुमार थापाले गोल गरेका हुन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- शनिबार दिउँसो दुई हजार दर्शकमाझ दशरथ रंगशालामा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा उसले जवालाखेलमाथि २-१ गेलअन्तरको जित निकालेको हो। यससँगै थ्रिस्टारले चार खेलपछि गोल गरेको छ। थ्रीस्टारलाई जित दिलाउन आयुष घलान र रितिककुमार थापाले गोल गरेका हुन्। 

पछिल्लो पटक लिगको तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरी खेल्दा गोल गरेको थियो। त्यो खेलको ८३औं मिनेटमा मिक्छेन तामाङले गोल गरेका थिए। त्यसपछिका सबै खेलमा थ्रिस्टारले गोलरहित बराबरी खेलिरहेको छ। यसबीच उसले एपीएफ, एनआरटी र आर्मीसँग गोलरहित बराबरी खेलेको हो।

‘खुसी छु। चार खेलपछि गोल निस्किएको छ। गोल पनि फरवार्ड र विंगरल नै गरेका छन्। तीन अंक जितेका छौं,’ खेलपछि थ्रिस्टारका प्रशिक्षक उर्जत श्रेष्ठले भने, ‘आज हामीलाई लकले पनि फेभर गरेको हो।' 

खेलमा जवालखेलका लागि निकोलर फर्नान्डेसले एक गोल फर्काए। 'हार त भयो तर समग्रमा मेरो खलाडीले राम्रो खेलेका छन्। खेलाडीलाई धन्यवाद दिन्छु। रेफ्रीले चाहिँ फेयर प्ले खेलाइदिनु पर्‍यो,’ खेलपछि जवाखेलका प्रशिक्षक किशोर कुमार केसीले भने।

खेलको सातौं मिनेटमा गोल गर्दै आयुष घलानले थ्रीस्टारलाई अग्रता दिलाएका थिए। सन्जोक राईले पेनाल्टी बक्स भित्रबाट दिएको पासलाई जावलाखेलका डिफेन्डर र गोलकिपरबाट बचाउँदै गोल गरेका थिए।

जारी लिगमा घलानको यो पहिलो गोलसमेत हो। उनको गोलबाट अग्रता बनाएको खेलमा थ्रिस्टारले २६औं मिनेटमा अग्रता दोब्बर बनायो।

मीन बहादुर धिमालबाट बाएको बललाई घलानले थापालाई दिएका थिए। थापाले पेनाल्टी बक्सको रेखानजिकैबाट प्रहार गारेको बललाई गोलकिपर टिकेन्द्र सिंह थापाले बचाउन सकेनन्।

यससँगै थ्रीस्टारले पहिलो हाफमा २-० गोलको अग्रता बनायो। 

खेलको ५७औं मिनेटमा जावलाखेलले एक गोल पर्कायो। मैदानको बायाँ कुना छेउबाट लोइक एनजीमी कोउहाइमको क्रसलाई सन्तबहादुर गुरुङले गोलका लागि मिलाई दिएका थिए। पेनाल्टी बक्सब भित्रबाट निकोलसले फर्नान्डेसले दोस्रो बारतर्फ प्रहार गर्दै गोल गरे।

यससँगै जवालखेल खेलमा फर्कियो। तर उसले निर्धारित समयभित्र अर्को गोल गर्न भने सकेन।

८५औं मिनेटमा थ्रीस्टारले पेनाल्टी बक्स नजिकै फ्री किको अवसर पाए पनि राफेल बिडियास रिमले त्यो फ्रि किक सदुपयोग गर्न सकेनन्। उनको प्रहार खेलाडीको पर्खालमा ठोक्किएर बाहिरियो। खेलमा पहिलो हाफमा दबाब बनाउँदै थ्रीस्टारले गोल गरे पनि दोस्रो हाफमा जवलाखेलले दबाब बनायो।

‘दोस्रो हाफमा जवालाखेलले दबाब बनायो। अग्रता बनाएको अवस्थामा हामीले दबाब बनाउनु पर्थ्यो। तर हाम्रो डिफेन्डरले निकै राम्रो खेले। लकले पनि साथ दियो,’ खेलपछि प्रशिक्षक श्रेष्ठले भने।

यो जितसँगै थ्रिस्टारले लिगमा अर्को तीन अंक जोडेको छ। उसले सात खेलमा १० अंक बनाएको छ। १० अंकसँगै थ्रीस्टार पाँचौ स्थानमा उक्लिएको छ। यता सात अंक भएको जवालाखेल भने नवौं स्थानमा यथावत छ।

आजको खेलपछि पनि जवाखेलका प्रशिक्षक किशोर कुमार केसीले रेफ्रीको आलोचना गरेका छन्। उनले दोस्रो गोल अफसाइड रहेको साथै आफूले फउल पाउनुपर्ने समयमा विपक्षी टिमलाई फयल दिएको भन्दै रेफ्रीको आलोचना गरेका छन्।

‘उनीहरुले नै फल गरेको छ। उल्टो हामीले नै फल हानेको भनिएको छ। फेयर प्ले हुनपर्ने तर त्यो भएको छैन,’ उनले भने। आजको खेलमा राष्ट्रिय टिममा सम्मिलित खेलाडी सुरजज्यू ठकुरी स्क्वाडमै थिएनन्। ठकुरले यो हप्ताको एक अभ्यास मिस गरेको कारण स्क्वाडमा नभएको उनले प्रस्ट पारेका छन्।

यता रेफ्रीको निर्णयबारे थ्रिस्टारका प्रशिक्षक श्रेष्ठले आफू टाढा भएकाले स्पष्ट नदेखेको बताए।

प्रकाशित: Jan 01, 2022| 19:28 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।