मंगलबार, असार ३०, २०८३

कान्तिपुरको प्रधानसम्पादकमा नारायण वाग्ले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कान्तिपुर दैनिकको प्रधानसम्पादकमा पुनः नारायण वाग्ले नियुक्त भएका छन् । 

प्रधानसम्पादक सुधीर शर्माले राजिनामा दिएपछि कान्तिपुरले वाग्लेलाई पुनः प्रधानसम्पादकमा नियुक्त गरेको हो । 

तनहुँमा जन्मिएका वाग्ले यसअघि पनि कान्तिपुर दैनिक सात वर्ष सम्पादक भएर काम गरिसकेका छन् । पत्रकारितामै तीन दशकभन्दा बढी बिताएका वाग्लेले नागरिक दैनिकमा प्रधानसम्पादक भएर काम गरिसकेका छन् । 

पत्रकारितासँगै लेखनमा सक्रिय वाग्लेको पल्पसा क्याफे उपन्यासले ०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालको आख्यान इतिहासमा सबैभन्दा बढी बिक्री भएको उपन्यासका रूपमा 'पल्पसा क्याफे' परिचित छ। उनले पछिल्लो समय लेखेको उपन्यास मयूर टाइम्स हो । 

नेपथ्यको लोकप्रिय गीत 'भेडाको उनजस्तो... ' का शब्द पनि वाग्लेकै हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।