सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पोखरा रंगशालामा मनाङको दोस्रो जित, १६ अंकका साथ लिगको शीर्षस्थानमा

पोखरा रंगशालामा मनाङको दोस्रो जित, १६ अंकका साथ लिगको शीर्षस्थानमा

पछिल्लो खेलमा दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित निकालेको हो।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड बोइज क्लब (बीबीसी)विरुद्ध १–० गोलको जित निकालेको छ।

पछिल्लो खेलमा दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित निकालेको हो।

खेलको १५औं मिनेटमा बीबीसीले पेनाल्टीको अवसर पाए पनि उसले त्यो सदुपयोग गर्न सकेन। शिशिर लेखीले प्रहार गरेको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। तर खेलको ४५औं मिनेटमा गोल गर्दै अन्जन विष्टले मनाङलाई खेलमा अग्रता दिलाएका थिए। 

उनले पोस्टअघिबाट हेडरमार्फत् गरेको प्रहार पोस्टभित्र छिरेको थियो। यससँगै उसले पहिलो हाफको अन्तिममा मिनेटमा अग्रता बनायो। सोही अग्रता जोगाउँदै मनाङले जित निकालेको हो। 

लिगमा ७ खेल खेलेको मनाङले पछिल्लो जितसँगै १६ अंक बटुलेर शीर्षस्थानमा पुगेको छ। जारी लिगको सातौं चरणको अन्तिममा शीर्षस्थानमा रहने टिमले एएफसी कप खेल्न पाउनेछ। 


आइतबारको खेलमा मछिन्द्र क्लबले जित निकाल्न नसके मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि पाउनेछ। मच्छिन्द्रको अहिले १४ अंक छ।

मछिन्द्रले जित निकालेको अवस्थामा भने मछिन्द्रले एएपसी कपको छनोट खेल्ने अवसर पाउनेछ।

अंकतालिका


प्रकाशित: Jan 01, 2022| 16:44 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।