काठमाडौं-१४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारदेखि माइतीघर मण्डलामै बहिरंग (ओपीडी) सेवा शुरु गरेका छन् ।
शुक्रबार मध्यान्ह मण्डलामा भेला भएका चिकित्सक र विद्यार्थीहरूले 'डा. गोविन्द केसीको माग पुरा गर्', 'मेडिकल माफिया होसियार', 'एक दुई तीन चार, हामी मान्ने छैनौं हार', 'डा. केसीको अनशन, माफियालाई टेन्सन', 'माफिया पोस्ने सरकार चाहिँदैन'लगायत नारा लगाएका थिए ।
शिक्षण अस्पतालस्थित नेसनल रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार डा. केसीको समर्थनमा सांकेतिक ओपीडी शुरु गरिएको हो । 'हामी यसलाई निरन्तरता दिनेछौं,' डा. पाण्डेले भने, 'शैक्षिक गतिविधिहरू छाडेर सरको समर्थनमा हामी सडकमा उत्रिएका छौं ।'
भिडियो हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...