बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष कुशवाहासहित १३ जना पक्राउ

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष कुशवाहासहित १३ जना पक्राउ

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित १३ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

जनकपुरधाम– सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित १३ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

National life

शुक्रबार आन्दोलनको तेस्रो दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

किसान आन्दोलनका क्रममा राजमार्ग बन्द गराउने क्रममा चन्द्रनिगाहपुरबाट उपाध्यक्ष कुशवाहासहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई पक्राउ गरेको विरोधमा चन्द्रपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच तनाव उत्पन्न भएको छ। उनीहरुबीचको तनावग्रस्त अवस्थाका कारण राजमार्गसमेत अवरुद्ध भएको छ।

उता, पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताहरुले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन्। 

किसान आन्दोलनलाई समर्थन गर्दै प्रदर्शन गर्दा कपिलवस्तुबाट समेत जनमत पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको छ। प्रहरीले पार्टीका जिल्ला उपाध्यक्ष राम भुवन हरिजन, सचिव भगवानदास यादव, जिल्ला सदस्य शिवसुन्दर जैसवाल र एकजना किसान साहबदिन विश्वकर्मालाई पक्राउ गरेको छ। 

Shivam cement

जनमतका कार्यकर्ताहरुले आज तेस्रो दिन धनुषा, बाँके, रुपन्देही, कपिलवस्तुलगायतका ठाउँहरुमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।  पार्टी अध्यक्ष सीके राउतले किसान आन्दोलनलाई दबाउन खोज्नु निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई अविलम्ब निःशर्त रिहा गर्न माग गरेका छन्।

प्रकाशित: Dec 31, 2021| 17:21 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।