शुक्रबार, कात्तिक ६, २०८३

दार्जिलिङमा यसरी तयार भयो भानुभक्त संगीत (भिडियो)

‘हामी त्यसबेला वास्तवमै पागल बनेका थियौं,’ गायिका वाणिका प्रधान भन्छिन्, ‘नेपाली संगीतमा त्यो नौलो प्रयोग पनि थियो ।’
 |  शुक्रबार, असार २९, २०७५

उपेन्द्र पोखरेल

उपेन्द्र पोखरेल

शुक्रबार, असार २९, २०७५

काठमाडौं- आज दुई सय पाँचौं भानु जयन्ती । आदिकवि भानुभक्त आचार्य आजकै दिन अर्थात् २९ असार १८७१ मा तनहुँको चुँदी रम्घामा जन्मेका थिए । 

६ असोज १९२५ मा निधन भएका उनी नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कवि हुन् । ऋषि वाल्मीकिले संस्कृतमा रचना गरेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यलाई धनी बनाएका थिए । उनका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायत कृति दिएर नेपाली साहित्यको श्रीवृद्धिमा उनले अतुलनीय योगदान दिएका थिए । 

उनको पहिलो रचना मानिन्छ, घाँसी कविता । त्यही कवितालाई गीतको रूप दिएर आफ्नो करिअरको शुरुवात गरेका हुन्, दार्जिलिङका तीन तन्नेरीले । बन्दिस परिवार अर्थात् वाणिका प्रधान, पुष्पन प्रधान र सुमित विश्वकर्मा । भोकलमा वाणिका र पुष्पन, संगीत सिर्जनामा सुमित । उनीहरूका गुरु थिए, सौरोज्योति घोष । 

वाणिका खर्साङ, पुष्पन डुबर्स र सुमित सिलिगुडीका स्थायी बासिन्दा हुन् । तीनै जना मिलेर केही नयाँ गर्ने सोच बनाए । गीत÷संगीतका विविध आयामबारे छलफल गरे । 

राष्ट्रिय गानका रचनाकार रविन्द्रनाथ ठाकुरप्रति भारतमा उच्चसम्मान छ । पश्चिमबंगालका बासिन्दामाझ त उनका गीत भजनकै रूपमा अनुसरण गर्ने गरिएको छ, हरेक अवसरमा । नेपाली समूदायमाझ भगवान्को प्रार्थना गरेर हरेक अनुष्ठान शुरु हुन्छन् । पश्चिम बंगालमा भने त्यसको साटो रविन्द्र संगीत गुञ्जिन्छ । 

भिडियो हेर्नुहोस्


डुबर्सका राज क्षत्री नामका संगीत शिक्षकले नेपालीभाषीमाझ भानुभक्तलाई फरक ढंगले स्थापित गराउने प्रयास गरिरहेका थिए । उनको प्रयास भने गाउँघरमै सीमित थियो । 

भानुभक्त पनि समाजमा केही नयाँ गरेरै नाम कमाउने ध्याउन्नमा लागेका थिए । एक घाँसीको परोपकारी काम अर्थात् कुवा खनाएर गाउँलेलाई पिउने पानीको व्यवस्था गर्ने सोचले भानुभक्तलाई छोयो । र, घाँसीकै चरित्र चित्रण गर्दै उनको हृदयपटलबाट जन्मियो, ‘भरजन्म घाँसतिर मन दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । मो भानुभक्त धनी भइकन आज यस्तो ।’ 

संगीत शिक्षक क्षत्रीको प्रयासबाट पुष्पनको बाल मस्तिष्कमा गहिरो छाप परेको थियो । गाउँघरमा घाँसी कवितालाई गीत बनाएर गुनगुनाउने आदत नै बसेको थियो । 

केही नयाँ गर्ने बन्दिस परिवारको सोचमा त्यसका सदस्य पुष्पनको मन मस्तिष्कमा आयो, घाँसी कवितालाई साँच्चै गीत बनाएर गुञ्जाउने विचार । सिलिगुडी पुगेर उनले वाणिका र सुमितलाई आफ्नो सोच सुनाए । वाणिका र सुमित खुशीले झण्डै उफ्रिए । सुमितले तत्काल ट्रयाक तयार पारे । त्यो नै उनको पहिलो संगीत सिर्जना थियो । 

जलपाइगुडीको थातथलो छाडेर कोलकाता बस्न थालेका उनीहरूका गुरु सौरोज्योतिसँग भेट्न आतुर थिए, उनीहरू । गाउँघरमा गुञ्जिने घाँसी कवितालाई तीन तन्नेरीले केही मोडिफाई गरे । शास्त्रीय रूप दिए । तराना, सरगम र आलाप थपे । नेपाली लोक धुन र बाद्यवादन समावेश गरे । अनि, श्लोकलाई गीतको रूप दिए । 

 
ऋषि वाल्मीकिले संस्कृतमा रचना गरेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यलाई धनी बनाएका थिए । उनका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायत कृति दिएर नेपाली साहित्यको श्रीवृद्धिमा उनले अतुलनीय योगदान दिएका थिए । 

संगीत गुरु सौरोज्योतिले बीचका आलापहरू तानिदिए । त्यो ‘इमोसन’मा जनही १५/१५ हजार भारु खर्च भइसकेको पत्तो पनि पाएनन् । 

कोलकाताकै ‘अन एयर’ स्टुडियोमा आदिकवि भानुभक्त गीतकारका रूपमा गुञ्जिए । आफ्नो प्रयासलाई कमजोर बन्न नदिन तीन तन्नेरीले ‘डबल मिक्सिङ’ गराए । ‘हामी त्यसबेला वास्तवमै पागल बनेका थियौं,’ वाणिका भन्छिन्, ‘नेपाली संगीतमा त्यो नौलो प्रयोग पनि थियो ।’

दार्जिलिङ, डुबर्स, सिक्किम र आसामका नेपाली कार्यक्रममा ‘घाँसी’ गीत रविन्द्र संगीतकै रूपमा गुञ्जिन थालेको छ, अहिले । 

‘भानुभक्तलाई नयाँ पुस्तामाझ जीवित राख्ने प्रयासमा छौं,’ पुष्पन भन्छन्, ‘यो कालजयी सिर्जना हो, जुन हामी नेपाली मात्रको पहिचानसँग गाँसिएको छ ।’
प्रकाशित: Jul 13, 2018| 18:23 शुक्रबार, असार २९, २०७५
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।