मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली आकाशमा ८ वटा जहाज घुमेको घुम्यै, कुवेतबाट आएको जहाज ३० फन्का घुम्यो

नेपाली आकाशमा ८ वटा जहाज घुमेको घुम्यै, कुवेतबाट आएको जहाज ३० फन्का घुम्यो

बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। बिहानैदेखि नै आन्तरिक उडान हुन सकेका छैनन् भने कुनै पनि अन्तर्राष्ट्रिय विमान पनि अवतरण गर्न सकेका छैनन्। बिहानैदेखि उडान रोकिदा यात्रु समस्यामा परेका छन्। 

यस्तै बाक्लो कुहिरो र हुस्सुले एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएपछि ८ वटा अन्तर्राष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन्। काठमाडौंको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन वटा र कतार, फ्लाई दुबई तथा नेपाल एयरलाइन्सका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाइरहेका हुन्। 

बिहान सबैभन्दा पहिले आएका जजिरा एयरलाइन्सका दुई विमान जिनगढको आकाशमाथि होल्ड भएका थिए। त्यसपछि हिमालय एरलाइनसको विमान थपियो। त्यसको केही समयमा कतार र फ्लाई दुबईको विमान निजगढको आकाशमाथि फन्को लगाउन पुगेका हुन्। केहीबेरअघि हिमालय एयरलाइन्सका थप दुई विमान पनि निजगढको आकाशमाथि फन्को लगाइरहेका छन्। 

हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका हुन्। हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन्। यसरी फन्को लगाइरहेका धेरैजसो विमान कतारको दोहाबाट आएका हुन्। 

कुवेतबाट आएको जजिरा एयरलाइन्सको जहाज तालिका अनुसार बिहान ६:५० मा अवतरण हुनुपर्ने पर्ने थियो। तर साढे ३ घण्टादेखि नेपाली आकाशमा जहाज घुमिरहेको छ। यो जहाजले अहिलेसम्म ३० पटकभन्दा बढी नेपाली आकाशमा घन्को मारिसकेको छ।

प्रकाशित: Dec 31, 2021| 10:12 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।