मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपामा दलको नेता चयनमा विवाद : ठाकुर र महतोबीच चर्काचर्की

राजपामा दलको नेता चयनमा विवाद : ठाकुर र महतोबीच चर्काचर्की

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेता बन्ने बिषयलाई लिएर बिबाद चर्किएको छ।

संसदीय दलको नेतामा पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आकांक्षा राखेपछि बिबाद चर्किएको हो। दलको नेता चयन सर्वसम्मत हुनुपर्छ भनेर अध्यक्ष मण्डलका सबै सदस्यले बताउँदै आए पनि उनीहरु नै विभाजित भएका छन्।

अध्यक्षहरुबीच नै दलको नेता कसलाई बनाउने भन्ने बिषयमा मतैक्य हुन नसक्दा पार्टीको पदाधिकारीको मात्र प्रतिनिधित्व हुने राजनीतिक समितिको बैठकको निर्णय समेत सार्वजनिक हुन सकेको छैन्। एक साता अघि सम्पन्न राजनीतिक समितिको निर्णय तत्काल गर्न ठाकुरले नमानेपछि असन्तुष्टी चर्किएको छ।

ठाकुर र महतो दुवैले आफ्नो नाममा सर्बसम्मत निर्णय हुनु पर्ने अडान राख्दै आएका छन्। प्रतिनिधि सभामा १७ सांसद रहेको राजपामा ठाकुर अल्पमतमा परेपछि सर्बसम्मत दलको नेता चयनको लागि दबाब दिँदै आएका छन्।

महतो भने आफूलाई दलको नेतामा सर्बसम्मत गर्न र त्यो नभए मतदानबाट भए पनि दलको नेता चयन हुनु पर्ने पक्षमा छन्। ठाकुर भने आफ्नो नाममा सर्बसम्मति नभए मतदानको माध्यमबाट दलको नेता चयन गर्दा राष्ट्रिय सभाका सांसदलार्इृ पनि मताधिकार दिनु पर्ने पक्षमा छन्।

राष्ट्रिय सभाका दुई सदस्यमध्ये दुवै जना ठाकुर पक्षधर छन्। प्रतिनिधिसभाका १७ मध्ये नौं जना महतो पक्षधर छन भने आठ जना ठाकुर पक्षधर छन्। राजपाका १७ सांसदमध्ये एक जना रेशम चौधरीले भने ससद सदस्यको सपथ लिएका छैनन्। उनी टिकापुर हत्या काण्डको अभियोगमा पुर्पक्षको लागि जेलमा छन्।

अध्यक्ष मण्डलका संयोजक ठाकुरसँग अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र यादब, राजकिशोर यादव र अनिल झा छन् भने महतोको पक्षमा शरतसिंह भण्डारी छन्। संघीय संसद गठन भएको पाँच महिना वितिसक्दा समेत दलको नेता चयन नहुँदा संसदीय गतिविधिमा समेत राजपा भित्र अन्यौलता छाउँदै गएको छ।

एक साता अघि राजपा राजनीतिक समिति बैठकमा पार्टीको विधान संशोधन समितिले तयार पारेको मस्यौदा प्रतिवेदन र राजपा संसदीय दलको विधान मस्यौदा प्रतिवेदनमाथि तीन दिनसम्म छलफल भए पनि निर्णय गर्न सकेको थिएन्।

राजनीतिक समिति बैठकमा प्राप्त भएको सुझावलाई मध्यनज गर्दै बैठकको निर्णय अध्यक्ष मण्डलले नै गर्ने संयोजक ठाकुरको अडानका कारण महतो असन्तुष्ट थिए। महतोले राजनीतिक समितिमा भएको छलफललाई आधार मानेर निर्णय सार्वजनिक गर्न माग गरेका थिए।
 
महतोको मागलाई वेवास्था गर्दै ठाकुरलाई निर्णय सुन्न मन हुने राजनीतिक समिति सदस्यले काठमाडौं मै बस्न सक्ने र समय नहुनेले जिल्ला फर्केर गए हुने जवाफ दिएका थिए। अध्यक्ष मण्डलका बीच नै सानो तिनो बिषयलाई लिएर सहमति हुन नसकेपछि शनिबार बस्ने भनेको संसदीय दलको बैठक समेत अन्योलन भएको छ।

‘संसदीय दलको नेता चयन सम्भव भएसम्म सर्वसम्मतले हुन्छ’ अध्यक्ष मण्डलका सदस्य अनिल झाले नेपाल समयसँग भने ‘सर्वसम्मत नभएमा मतदान जस्तो लोकतान्त्रिक पद्धतिबाट भए पनि नेता चयन गर्नेछौं।’

मतदानबाट दलको नेता चयन  गर्ने हो भने राष्ट्रिय सभाका दुई सदस्यलाई मतदानको अधिकार दिनु पर्ने पक्षमा ठाकुर छन्। तर महतो भने प्रतिनिससभा र राष्ट्रिय सभा ऐन र नियमावली बमोजिम एउटा सदनको सदस्य अर्को सदनको संसदीय दलको मतदाता हुन नसक्ने तर्क गरेका छन्।

ठाकुर पक्षधरले भने मतदानमा जानै पर्ने स्थिति आएमा थुनाम रहेका रेशम चौधरीले सपथ नलिएका कारण मतदानको अधिकारबाट बञ्चित गर्ने तर्क गरेका छन्।  यस्तो अवस्थामा ठाकुर र महतोको पक्षमा आठ/आठ सांसद हुने देखिन्छ। 

राजनीतिक समति बैठकमा अधिकांस नेताले अध्यक्ष मण्डलको प्रावधानको अन्त्य गरी एकल नेतृत्व हुनु पर्ने भनि दिएको सुझाललाई ठाकुर, राय, यादव र झाले अश्वीकार गरेका छन्। उनीहरु सामूहिक नेतृत्वकै पक्षमा छन्।

अध्यक्ष मण्डलका सदस्य झा भन्छन्, ‘६ वटा पार्टी मिलेर बनेको राजपालाई एकल नेतृत्वमा लाने भन्ने कुरा व्यवहाररिक हुन्छ र ? के एक जना अध्यक्ष बनेर ५ जनाले चाहिँ के राजनीतिबाट सन्यास लिने ?’

राजनीतिक समितिमा भएको छलफल र सुझावको निर्णय गर्न बसेको अध्यक्ष मण्डलको बैठक चार दिनसमम चले पनि निर्णय निकाल्न सकेको छैन्। बैठकमा पनि ठाकुर र महतोबीचको द्वन्द्व चरम हुने गरेको छ। 

अध्यक्ष मण्डलको बैठक बिहान ११ बजे बोलाए पनि महतो साढे एक बजे आएको बिषयलाई लिएर अध्यक्ष ठाकुरले समेत गुनासो गरेका थिए। यसअघि महतोले अध्यक्ष मण्डल, राजनीतिक समिति र केन्द्रीय समितिको बैठक नबोलाई टार्ने गरेको आरोप लगाउँदै आएका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।