धनगढी- कञ्चनपुरमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–५, गुलरियाका १८ वर्षीय विमल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
कलुवापुरबाट बेलौरी जाँदै गरेको सु.प.प्र. ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको से ३ प २४ नम्बरको मोटरसाइकल बिहीबार बैलौरी–कलुवापुर सडकखण्डअन्तर्गत बेलौरी नगरपालिका–५, रामनगरमा एक आपसमा ठोक्किँदा राना घाइते भएका थिए।