शनिबार, वैशाख २७, २०८२

हुस्सुले ढाक्यो काठमाडौं (दश तस्बिरमा)

शुक्रबार बिहानैदेखि राजधानी काठमाडौंमा हुस्सु र कुहिरो लागेको छ। बुधबार परेको वर्षापछि अत्यधिक चिसो बढेसँगै शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा हुस्सु लागेको हो।
 |  शुक्रबार, पुस १६, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, पुस १६, २०७८

vianetvianet

काठमाडौं- शुक्रबार बिहानैदेखि राजधानी काठमाडौंमा हुस्सु र कुहिरो लागेको छ। बुधबार परेको वर्षापछि अत्यधिक चिसो बढेसँगै शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा हुस्सु लागेको हो।

triton college

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै वर्षा रोकिए पनि न्यूनतम तापक्रम भने घट्दो क्रममा रहेको छ। जसले गर्दा काठमाडौंसहित देशैभर चिसो बढेको छ। 

अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद् समीर श्रेष्ठले बताए। उनले आज काठमाडौंमा देखिएको हुस्सु पनि बिस्तारै हट्दै जाने बताएका छन्।

'अब केही दिन नेपालमा कुनै प्रकारको मौसम सक्रिय रहने छैन। आकाशमा केही बादल देखिए पनि पानी पर्ने सम्भावना छैन,' उनले भने। 

उनकाअनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य क्षेत्रमा भने घाम लाग्ने उनले बताए।

National life insurance

अब आउँदो बिहीबारसम्म पानी पर्ने प्रणाली नेपालमा नदेखिएको उनले बताएका छन्। आउँदो बिहीबार र शुक्रबार भने मौसममा पूर्ण बद्ली भई केही स्थानमा पानी पर्ने सम्भावना देखिएको श्रेष्ठले बताए।

तर, काठमाडौंमा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान भने प्रभावित भएको छ।

हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमान स्थल प्रशासनले जनाएको छ। भिजिबिलिटी कम भएका कारण दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर, हुस्सुका कारण भिजिबिलिटी घटेकाले उडान प्रभावित भएको हो। 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।



प्रकाशित: Dec 31, 2021| 08:57 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।