मंगलबार, असार ३०, २०८३

चिकित्सकहरु उत्रिए हडतालमा : देशभरका अस्पताल बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- १४ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै चिकित्सकहरुले देशैभरका अस्पतालहरुको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । 

आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनको आवह्वानमा देशभरको स्वास्थ्य सेवा ठप्प पारिएको हो । एशोसियनको आन्दोलनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र सरकारले तोकेका र सरकारको लगानी रहेका अन्य सरकारी शिक्षण अस्पतालमा असर पर्नेछ ।

एसोसिएसनको आवह्वानसंगै जिल्लाका सरकारी अस्पतालमा समेत असर परेको छ । केही निजी अस्पतालले पनि एसोसिएसनको कदममा साथ दिएका छन् ।   

डा केसीको माग पूरा नगरी सरकार मौन बस्नुले आफूहरू स्तब्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको एशोसिएशनले जनाएको छ । एसोसिएशनका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु बाध्य भएर आकस्मिक बाहेकका सेवा ठप्प पार्नु परेको बताए । 

दुई दिनअघि प्रधानमन्त्री केपी ओलीले हड्तालमा नउत्रिन चिकित्सकहरुलाई चेतावनी दिएका थिए । उनले अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिए ठिक नहुने भन्दै डा केसीको विषयलाई धेरै नचाल्न समेत सचेत गारएका थिए ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।