मंगलबार, भदौ २, २०८३

रेडपाण्डाको छालासहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरसमेतको चार थान छालासहित चार जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरसमेतको चार थान छालासहित चार जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका-१३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन्। 

बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरूले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाइ गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित: Dec 31, 2021| 07:20 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।