मंगलबार, भदौ २, २०८३

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

लागूऔषध ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका-९ बाट भारतको विहार किशनगन्जस्थित नबाबगन्ज-५ लोहारपट्टी घर भई हाल दमक- ४ मा बस्दै आएका ३४ वर्षीय मोहमद इस्ताकलाई प्रहरीले पक्राउ गरेको हो।

शंका लागी चेकजाँच गर्ने क्रममा बिहीबार १ बजेतिर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट ब्राउन सुगर दुई ग्राम र २५ सय नगद बरामद भएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 31, 2021| 06:55 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।