बुधबार, जेठ २०, २०८३

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा प्रादेशिक कार्यालय

राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

जनकपुरधाम– राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

National life

माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि बिहिबार एक कार्यक्रमका बिच प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। 

यसका साथै सो कार्यालयको अधिकृतमा ब्रजेश प्याकुरेलले निर्वाचन अधिकृतको रुपमा पदभार ग्रहण गरेका छन् । 

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका मतदाताहरुलाई मतदान गर्नका लागि जनकपुरधाममै मतदान गर्ने सुविधा मिलाइने निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले जानकारी दिइन्। माघ १२ गते देशै भरी हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २का ८ वटै जिल्लाका ३ सय ७२ जना मतदाता रहेको उनले बताइन् । 

राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरुका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् ।

Shivam cement

प्रकाशित: Dec 30, 2021| 18:55 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।