आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ।
 |  बिहीबार, पुस १५, २०७८

एएफपी

एएफपी

बिहीबार, पुस १५, २०७८

पेरिस– डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ। 

National life

युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ संक्रमित देखापरिरहँदा डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चेतावनी दिएका हुन्। टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको बताएका छन्।

‘कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई धम्की दिने खतरा छ। ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको छ’, डब्ल्यूएचओले भनेको छ।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्। विश्वभरका लाखौँ व्यक्तिले फेरि महामारीबीच नै नयाँ वर्षलाई स्वागत गर्नेछन्। यस महामारीको कारण अहिलेसम्म ५४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। 

कैयौं देशमा चाडपर्व ओझेलमा पर्नुको साथै रद्द गरिएको छ। ग्रिसले बुधबार बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी सीमित गर्नको लागि संगीत प्रतिबन्धित गरेको छ। मेक्सिकोमा कोरोनाका सङ्क्रमण बढ्दै गएपछि राजधानीका मेयरले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव रद्द गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 30, 2021| 17:50 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।