मुम्बइ- मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ। कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको हो।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो।
रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहमा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ।
भारतको राजधानी नयाँदिल्लीमा पनि कोरोना संक्रमण बढ्न थालेको छ।