ब्रसेल्स- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन आफ्नो शत्रु नभएको बताएका छन् । नाटो शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिन आफ्ने शत्रु नभइ प्रतिस्पर्धी भएको बताएका हुन् ।
पत्रकारले पुटिन तपार्इृको शत्रु हो ? भनेर सोधेको प्रश्नमा उनले भने– पुटिन मेरो शत्रु होइनन्, पतिस्पर्धी भने पक्का हुन् । उनले पुटिन आफ्नो साथी पनि नभएको बताएका छन् । उनले भने– पुटिनलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”
यसअघि ट्रम्पले जर्मनी रुसको बन्दी भएको आरोप लगाएका थिए । जर्मनीले रुससँग पाइपलाइन सम्झौता गरेर टन्न पैसा कमाइरहेको अनि अमेरिकाले चाहिँ जर्मनीको सुरक्षा गरिदिनुपरेको ट्रम्पको भनाइ छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४