बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उपाधि विजेता भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत [तस्बिरहरु]

उपाधि विजेता भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत [तस्बिरहरु]

नेपाली महिला तथा पुरुष भलिबल टिम आज स्वदेश फर्किएको छ।
 |  बिहीबार, पुस १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस १५, २०७८


काठमाडौं– नेपाली महिला तथा पुरुष भलिबल टिम आज स्वदेश फर्किएको छ। बंगलादेशमा हालै सम्पन्न सेन्ट्रल जोन भलिबल च्याम्पियनमा सहभागी बनेर नेपाली टिम स्वदेश फर्किएको हो।

National life

बंगलादेशमा नेपाली महिला टिमले उपाधि रक्षा गरेको छ भने पुरुष टिमले चौथो स्थान हासिल गरेको छ। नेपाल सरकारले महिला टिमलाई पुरस्कारको घोषणा पनि गरेको छ। १२ खेलाडीलाई जनही पाँच लाखका दरले पुरस्कार दिने र प्रशिक्षकलाई तीन लाख र अफिसियललाई एक लाख पुस्कार दिने घोषणा गरेको हो।

बंगलादेशमा नेपाली महिला टिमले फाइनल खेलमा उज्ज्वेकिस्तानलाई हराउँदै उपाधि जितेको हो। प्रतियोगिताको दौरान नेपाली टिमले कुनै खेलमा पनि हार बेहोरेनन्। नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो। त्यस्तै, नेपालले समूह चरणका बाँकी सबै खेलमा सोझो सेटमा जित निकाल्यो।

फाइनल खेलमा भने उसले उज्जवेकिस्तानलाई ३–२ को सेटमा हराएको हो। यता पुरुष टिमले पनि समूह चरणका दुई खेलमा जित निकाल्यो भने दुई खेलमा हार बेहोर्यो। यसकारण नेपाली टिमले तेस्रो स्थानका लागि प्रतिस्प्र्धा गर्न पाएको थियो।

तर, तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाली पुरुष टिम उज्ज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो। यससँगै नेपालको काश्यक पदक जित्ने सपना अधुरै रह्यो। पुरुषतर्फ नेपालले लगातर दुई सिजन पदक ल्याउन सकेको छैन।

Laxmi sunrise bank
kumari

अब अर्को संस्करणको सेन्ट्रल जोन भलिबल माल्दिभ्समा हुनेछ। यता सन् २०२२ मा नेपाल भलिबल संघले दक्षिण एसियाली भलिबल च्याम्पिनयसिपको आयोजना गर्ने भएको छ।

प्रकाशित: Dec 30, 2021| 13:15 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।