काठमाडौं- र्यापर आशीष राना ‘लाहुरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। लागू औषधसम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई लागू औषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको बताइएको छ।
आज बिहीबार अदालत बिदा भएकाले भोलि अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।