मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालको स्टोरमा सुतेका एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस

अस्पतालको स्टोरमा सुतेका एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस

अस्पतालको स्टोर कक्षमा हिटर बालेर सुतेका चार जनाको निसास्सिएर मृत्यु भएको हो।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- नेपालगञ्जको भेरी अस्पतालको स्टोर कक्षमा सुतेका एकै परिवारका चार जनाको मृत्यु भएको छ। अस्पतालको स्टोर कक्षमा हिटर बालेर सुतेका चार जनाको निसास्सिएर मृत्यु भएको हो। 

मृत्यु हुनेमा क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका-६ का २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

एउटै कोठामा हिटर बालेर सुतेका उनीहरूको निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। सँगै सुतेका अरु तीन जना भने अचेत अवस्थामा भेटिएका छन्।

अचेत भेटिएका भट्टराईकी श्रीमती, ३ वर्षीय छोरा र बहिनीको भेरी अस्पतालमै उपचार भइरहेको एसपी अधिकारीले बताए। घटनाबारे अनुसन्धान गर्न एसपी अधिकारीसहित प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको छ।

प्रकाशित: Dec 30, 2021| 10:05 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।