मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक बलात्कारमा संलग्न थप एक अभियुक्त पक्राउ, यससँगै नौ जना प्रहरी नियन्त्रणमा

सामूहिक बलात्कारमा संलग्न थप एक अभियुक्त पक्राउ, यससँगै नौ जना प्रहरी नियन्त्रणमा

काठमाडौंको नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ। नयाँ बसपार्कमा एक महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ। नयाँ बसपार्कमा एक महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो।

महिलाले मंगलबार दिउँसो ३ बजे प्रहरीमा जाहेरी दिएकोमा सोही दिन प्रहरीले सात जनालाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बुधबार बिहान ९ बजेतिर एक जना र दिउँसो ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ गरिएको जनाएका छन्।

उजुरी परेलगत्तै खोजी र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै मंगलबार राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए।   

उनीहरूले एक गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ। उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

पीडित महिलालाई थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेन्टरमा उपचार गरिएको छ। 

पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २५/२६ वर्षीय हस्त नेपाली रहेका छन्। त्यस्तै, सोही नपा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन्। चन्द्र साउद र हस्त नेपालीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

प्रकाशित: Dec 30, 2021| 08:27 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।