मंगलबार, भदौ २, २०८३

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्। 

बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ। बुधबार पोखरामा कुनै पनि उडान हुन नसकेको बताइएको छ।

मौसममा आएको बदलीका कारण देशभरको उडान प्रभावित भएको विमानस्थल टर्मिनलले बताएको छ। उडान प्रभावित हुँदा यात्रुको चाप विमानस्थलमा बढेको र धेरैजसो उडान बिहीबारको लागि सारिएको आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताए।

बुधबार पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, लुक्ला, भैरहवालगायतका देशका सबैजसो विमानस्थलको उडान तालिका प्रभावित भएको बताइएको छ। उडान तालिका प्रभावित हुँदा बुधबार राति ९ बजेसम्म आन्तरिक उडान तथा अवतरण भएको थियो। अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 30, 2021| 08:02 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।