मंगलबार, भदौ २, २०८३

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

बुधबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- बुधबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ। 

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको  प्रभाव रहेको छ। जसले गर्दा मौसममा परिवर्तन आएको हो।

बुधबार दिनभर वर्षा भए पनि बिहीबार बिहानैदेखि भने केही स्थानमा वर्षा रोकिएको छ। तर, हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भने वर्षा भैरहेको छ। हाल उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानामा हल्का हिमपातसमेत भैरहेको छ।

बिहीबार दिउँसो थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।

प्रकाशित: Dec 30, 2021| 06:52 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।