सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका हुन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

यमन- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन्। उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका हुन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

National life

उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई कारबाहीका नाममा हमलाहरु हुने गरेका र यसमा पनि सर्वसाधारण नागरिकहरु नै पर्ने गरेका बताएका छन्। 

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा हवाई रुपमा र स्थलगत कारबाही गर्ने गरेको छ। यसमा परेर प्राय हप्तैपिच्छे कैयौँ विद्रोहीहरु मारिने पनि गरेका छन्।

उक्त सेनाले यमनको दक्षिण पश्चिमी क्षेत्र ताइजमा सोमबार मात्र पनि आक्रमण गरेको थियो। त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन्। 

गत महिनादेखि यहाँको सो सेनाले उक्त क्षेत्रमा पनि कारबाहीलाई निरन्तरता दिएको बताइएको छ। यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो। मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ।

Laxmi sunrise bank
kumari

मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ। निरन्तरको यस्तो कारबाहीले मारिबबाट मात्र कम्तीमा ३५ हजार स्थानीय नागरिक भागेर अन्यत्रै पुगेका राष्ट्रसंघका विशेष दूत ह्यान्सले जानकारी दिएका हुन्।

प्रकाशित: Dec 30, 2021| 00:30 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।